कट्टुमा लुकाएर लागुऔषध ओसारप्रसार

266

lagu
इटहरी – इलाका प्रहरी कार्यालय इटहरीले एक युवालाई कट्टु भित्र लुकाई रहेको लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले इटहरी १२ स्थित राजमार्गमा चेकजाँचको क्रममा धरान १४ बस्ने २४ बर्षिय दिवाकर खनाललाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनले प्रयोग गरेको को ५ प ३९६६ नंम्बरको स्कटुर सहित ठुलो परिमाणमा लागुऔषध सहित प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए ।
पक्राउ परेको साथबाट पिजेसिक ४२ एम्पुल, एभिल ४६ एम्पुल, डाईजेल्याब ४९ एम्पुल लागुऔषध बरामद भएको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा खनालले कट्टुभित्र टेपले टासेर लुकाई छिपाई लागुऔषध ल्यादै थियो । बिराटनगरबाट धरान जाने क्रममा उनलाई पक्राउ गरिएको हो ।