तेह्रथुमको संक्रान्ति बजारमा भिषण आगलागी

231

images-1
१ पुस, ताप्लेजुङ । तेह्रथुमको संक्रान्ति बजारमा अहिले भिषण आगलागी भइरहेको छ । अग्नि सेंढाईको घरबाट सुरु भएको आगोले अन्य पाँच वटा घर समेत जलेर नष्ट भएको स्थानिय जीबन उप्रेतीले बताए । आगो नियन्त्रणका लागि अहिले स्थानिय, प्रहरी र एउटा स्काभेटर प्रयोग गरिएको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन स्काभेटरले अन्य घरहरु भत्काइरहेको उप्रेतीले बताए । सो क्षेत्रमा दमकल र पानीको स्रोत नभएकाले आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरीले बताएको छ । आज सो स्थानमा हाट बजार लागेकाले बजार आएकाहरु पनि आगो नियन्त्रणमा जुटेका छन् । संक्रान्ति बजारमा करीब एक सय ५० घर रहेका छन् ।