सुदूरपश्चिममा धान उत्पादमा बृद्धि

252

dhan-kheti
लालबहादुर विक
अछाम । सुदूरपश्चिममा यस बर्ष धान उत्पादनमा वृद्धि भएको छ । यस बर्ष सुदूरश्चिममा एक लाख ७७ हजार ५ सय ६० हेक्टर क्षेत्रफल जमिनमा गरिएको धान खेतीमा ६ लाख ८७ हजार ४ सय ७६ मेट्रिकटन धान उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायल डोटीले जानकारी दिएको छ । गएको बर्ष भने सुदूरपश्चिममा एक लाख ७७ हजार ३ सय २ हेक्टर क्षेत्रफलमा खेती गरेकोमा ६ लाख ३२ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको थियो । क्षेत्रीय कृषि निर्देशनालय दिपायल डोटीले दिएको जानकारी अनुसार यस बर्ष सबैभन्दा बढी कैलालीमा धान उत्पादन भएको छ । कैलालीमा ७१ हजार ७ सय हेक्टर क्षेत्रफल जमिनमा गरिएको धान खेतमा ३ लाख ७३ हजार २ सय २४ मेट्रिकटन उत्पादन भएको छ भने उता कञ्चानपुरमा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा गरेको खेतीमा १ लाख ६७ हजार ३ सय ११ मेट्रिकटन धान उत्पादन भएको छ । यस्तै डडेल्धुरामा ६ हजार २ सय २६ हेक्टर क्षेत्रफममा गरेको धान खेतीमा २६ हजार ५ सय २३ मेट्रिकटन उत्पालन भएको छ भने बैतडीमा ९ हजार क्षेत्रफलमा धान खेती गरिएकोमा १८ हजार ५ सय ४० मेट्रिकटन उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलका प्राविधिक सहायक सुशिल कुमार शर्मा बताए । यसैगरि अछाममा १६ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा जमिनमा धान खेती गरेकोमा ३४ हजार ८ सय १८ मेट्रिकटन उत्पादन भएको छ भने डोटीमा १० हजार ६ सय ६८ हेक्टरमा गरिएको धान खेतीमा २३ हजार ६ सय ८३ मेट्रिकटन धान उत्पादन भएको छ । बझाङमा ७ हजार १ सय हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा २३ हजार ४ सय ३० मेट्रिकटन धान उत्पादन भएको छ भने दार्चुलामा ४ हजार ४ सय ८० हेक्टरमा गरेको धान खेतीमा १२ हजार ७ सय ९५ मेट्रिकटन धान उत्पादन भएको र बाजुरामा ३ हजार ३ सय १० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा ६ हजार १ सय ५२ मेट्रिकटनमात्र धान उत्पादन भएको छ । निर्देशनालयको तथ्याङक अनुसार यस बर्ष गत बर्षको भन्दा ८ प्रतिशतले धान उत्पादमा बृद्धि भएको हो । सबै भन्दा बढी धान उत्पादन कैलालीमा भएको र सबै भन्दा कम बाजुरामा भएको देखिएको छ । कैलालीमा अन्य जिल्लाको भन्दा बढी क्षेत्रफलमा धान खेती गरिएको थियो भने बाजुरामा सबैभन्दा कम क्षेत्रफलमा धान खेती गरिएको थियो । समयमै पानी पर्नु, उन्नत बिउसँगै प्रविधीको बिस्तारले गर्दा पनि यस बर्ष धान उत्पादन गत बर्षभन्दा बढि भएको क्षेत्रीय कृषि निर्देशनालयका प्रविधिक सहायक शर्माले बताए ।