पुस १४,
काठमाडौं । पछिल्लो समय एकपछि अर्को गर्दै सफलताको स्वाद चाख्ने कोहि अभिनेत्री छन् भने उनी हुन् बर्षा राउत । डेब्यू फिल्म ुनाई नभन्नु ल ४ु को सफलता दोश्रो पटक ुछक्का पञ्जाु अनि सफलताको ह्याट्रिकमा ुजात्राु । यी हिरोइनलाई अभिनय यस्तो फाप्यो कि धेरैले ुबर्षालाई लकु लागेको सम्म भन्न भ्याए । उनै बर्षा अभिनयसँगै प्रेमका कारण पनि सधैंजसो चर्चामा हुन्छिन् । संजोग कोईरालासछगको लभ अफेयस कसैबाट छिपेको छैन् । तर बुधबारको दिन बिहानीबाट सुरु हुँदै गर्दा बर्षालाई ब्वाईफ्रेण्डले नै तनाब दिए क्यारे, फेसबुकमा स्टाटस लेखेरै दुखेसो पोखिन् । बर्षाले स्टाटसमा २ घण्टादेखि ब्रेकफास्टको लागी संजोगलाई पर्खेको तर नआएको भन्दै रिस समेत पोखेकी छैनन्, २ घण्टादेखि पर्खिँदा नआएपछि अब त ुलञ्चु टाईम नै भईसक्यो समेत लेखेर व्यङ्ग्य गरेकी छिन् । तर यसको पहिलो लाईनमा भने संजोगको फेभरमा काममा मेहनत गर्ने समेत लेखेकी छिन् । आफुले मागेको २ घण्टा समेत नदिएकोमा बर्षाको गुनासो थियो, जुनकुरा सामाजिक सञ्जालमा व्यक्त छ ।