Saturday, September 26, 2026
Home Uncategorized युट्युवमा अश्लिल नेपाली सर्ट फिल्मको भण्डारण चलचित्र बिकाश बोर्ड बेखबर

युट्युवमा अश्लिल नेपाली सर्ट फिल्मको भण्डारण चलचित्र बिकाश बोर्ड बेखबर

580

काठमाडौं । युट्युवमा गएर नेपाली सर्ट फिल्म सर्च गर्नु भयो भने सामाजिक विकृति भित्र्याउने तथा नेपाली समाजमा पच्नै नसक्ने किसिमका ’सर्ट फिल्म’हरु भेट्न सक्नुहुन्छ । ’सोसियल अवार्नेस’को हवाला दिँदै पछिल्लो समय यौनजन्य तथा भल्गर दृश्य समेटिएका भिडियो फिल्महरु बन्ने क्रम छ्यापछ्याप्ती बढेको छ । यस्ता फिल्म देखाएको दृश्य कुनै यौन फिल्मको भन्दा कमी हुदैँन । जसमा महिला कलाकारको संवेदनशिल अंगमा समाउनेदेखि अन्य भल्गर दृश्य देख्न सकिन्छ ।
guest-house-4-new-nepali-short-movie
युट्युवबाट आउने डलर कमाउने नामा युवतीहरु नङ्ग्याउने तथा छाडा अनि दोहोरो अर्थ लाग्ने डायलग समेटेर यो प्रकारका सामग्री बनाउने क्रम बढ्दै जाँदा कुनै पनि सरकारी निकायहरुले यसलाइ रोक्नको लागी अग्रसरता देखाएका छैनन् । एक कार्यक्रमा चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राईले यो विषयमा मुख खोले । ’सामाजिक विकृति फैलाउने किसिमले पछिल्लो समय युट्युवमा आईरहेका सर्ट फिल्ममाथी वोर्डले निगरानी सुरु गरिसकेको छ, राईले भने, ’वोर्डको ईजाजत विना विवाह अनि मोबाईल बाहेक कुनै पनि क्यामेराले भिडियो फिल्म खिचेर सार्वजनिक रुपमा ल्याउने अधिकार कसैलाई छैन् ।’ सरकारी सहयोगमा वोर्डको तर्फबाट यो प्रकारको गतिविधीलाई नियन्त्रण गर्न प्रक्रिया अघि बढ्न लागेको भन्दै नहटाउने तथा पुनः अपलोड गर्दै जाने सबैमाथी कारबाहि अघि बढाईने बताइएको छ ।
https://www.youtube.com/watch?v=tRXFV3-rSsM&spfreload=10