Saturday, September 26, 2026
Home Uncategorized प्रविधिको विकाससँगै तेल पेल्ने कोलको लोप हुदै

प्रविधिको विकाससँगै तेल पेल्ने कोलको लोप हुदै

630

लालबहादुर विक
अछाम । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि अछाम जिल्लामा परम्परागत कोल लोप हुन थालेका छन्् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिरहेका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका छन् । बिभिन्न फलफुलबाट तेल र घ्यूमा आत्मर्निभर मानिने अछाम जिल्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि हरास देखिन थालेको छ । ‘पहिला जिल्लामा प्रसस्त मात्रामा तोरी,तिल,आरु,तिरकुलो,चिउरा लगायत फलफुलबाट तेल प्रसस्त मात्रमा उत्पादन हुने गर्दथ्यो । पहिले अछाम जिल्लाका कृषकहरुको खेत बारीमा प्रसंस्त मात्रमा तेल पेल्ने खेति लगाएको देखिए पनि अहिले भने तेल पेल्ने खाद्यं बालि पनि देखिन छोडेको पायल गाविसकी ६५ बर्षीया वृद्धा धौली देवि कुँवरले बताईन ।maxresdefault
अहिले त के जमाना आयो कृषकहरुले तेलबाली पनि लगाउन छोडे । तेल पेल्ने कोल त हराई नै सके अछाम जिल्लामा खेत बारीमा लगाउने तेलहन बाली बाहेक जंगलमा पाईने चिउरा पनि लोप हुन थालेका छन् ।भाडीमा फल्ने फल, जस्तै चिउरा,आरु,चुली, कुलम लगाएतका फलफुल ओखलमा कुटेर वा कोलमा पेलेर तेल निकालने प्रचलन केहि बर्ष पहिले अछाममा प्रसंस्त मात्रामा देख्न पाईन्थ्यो ।
गाउँभरिकै एउटा कोल भएकोले प्रत्येक परिवारले पालैपालो गरेर तेल पेल्न चलन थियो भनु हुन्छ ढकारी गाविसका ४ का झंकर बुढा । उहाका अनुसार कोल प्रायः सामुदायिक हुन्थे । गाउँभरिको एउटै कोल हुने भएकोले हरेक परिवारले हिउँदयाममा पालैपालो तेल पेल्ने र कोलका खम्बा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गरिएको पनि बुढा बताउँछन् । उनी भन्छन्न कोल लोप हुनु भनेको हाम्रो सामुदायिक एकता र सद्भाव पनि विस्तारै एक्लिँदै जानु हो । यो तेल निकाल्ने परमम्परागत प्रविधि त हुँदै हो सामुदायिक एकताको कडी पनि हो ।
विगतमा जिल्लाभरि सयौंको संख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन् । दुर्गम गाउँमा रहेका १÷२ कोल पनि विस्तारै प्रयोगविहीन हँुदै गएका छन् । कोल लोप भएसँगै अछाम जिल्लामा तेलहन बाली खेती लगाउनेको संख्या पनि घट्दै गएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख रामचन्द सुवेदीले बताए । कोलमा तेल पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेती समेत हराउँदै गएको उनले बताए ।