शिक्षकहरुले आफ्नो हक अधिकारका लागी एकजुट भै लाग्नु पर्ने

303

लालबहादुर विक
पुस १२,
अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तिलक कुँवरले शिक्षकहरुले आफ्नो हक, अधिकारका लागी एकजुट भै शसक्त रुपमा अघि वढ्नु पर्ने वताएका छन् । महासंघ नेपालका केन्द्रिय महासचिव समेत रहनु भएका कुँवरले ट्रेड युनियनको अधिकारका लागी नेपालले क्ष्ीइ महासन्धीमा हस्ताक्षर गरिसकेकाले शिक्षकहरुले आफ्नो अधिकारका लागी गरेको संघर्षलाई राजनिति गरेको मान्न नहुने वताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले सोमवार मंगलसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो धारणा राखेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अछामका अध्यक्ष नर बहादुर रावलको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा भएको थियो । भर्खरै सम्पन्न भएको प्रथम महिला भेला, संगठनको १६ औ जिल्ला परिषद र शिक्षक हित बचत सहकारी संस्थाको सातौ साधारण सभाबाट २५ बुदे घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा शिक्षक संग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नु पर्ने , शैक्षिक गुणस्तर बृद्धिका लागि आधारभुत विद्यालयमा कक्षा अनुसार र मावि तहमा विषयगत शिक्षक हुनुु पर्ने माग गरिएको छ । सर्वसुलभ तथा समयमै पाठ्यपूस्तकको ब्यवस्था हुनु पर्ने, शैक्षिक क्यालेन्डरको हिसाबबाट विद्यालय सञ्चालन हुनु पर्ने, जिल्लामा डिग्री तथा प्राविधिक क्याम्पस हुनु पर्ने माग गरिएको छ । समाजमा रहेको कुप्रर्था तथा कुसंस्कारका अन्त्यका लागि शिक्षक संगठनमा आबद्ध शिक्षक शिक्षिकाहरुले छाउपडिको नाममा गोठमा बसे बसालेमा संगठनले कडा कार्वाहि गर्ने अध्यक्ष रावलले बताउनु भयो । यस्तै विद्यालय नजिकमा रहेका पसलमा मदिरा, मध्यपान तथा धुम्रपान जस्ता सामाग्री विक्रि वितरण नगर्न र विद्यालयले प्लाष्टिक जन्य भाडाकुडा प्रयोग नगर्न सम्पूर्ण विद्यालयलाई आग्रह गर्नु भएको छ । यस्तै प्रथम महिला भेला, संगठनको १६ औ जिल्ला परिषद र शिक्षक हित बचत सहकारी संस्थाको सातौ साधारण सभामा पत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण लाई धन्यवाद ज्ञापन गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महासँघ अछामका सचिव शिवराज ढुंगाना लगायत जिल्ला स्थिति विभिन्न संञ्चारमाध्यममा आवद्ध संञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।