कांगे्रसभित्रको अराजकताको अन्त्य हुन सकेन्ः मन्त्री बुढाथोकी

266

पुस १२ ।
भक्तपुर । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस पार्टी भित्र स्थापनादेखि नै अराजकता हावी भएकाले त्यसको अन्त्य कहिल्यै नहुने बताएका छन् । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ भक्तपुरको प्रथम साधारण सभामा बोल्दै उनले अहिले माले, मसाले र मण्डले एकै ठाउँमा उभिएकाले समस्या भएको बताए । ‘पूर्वराजा ज्ञानेन्द्रको अहिलेको बोली र एमाले लगायतका संसद अबरुद्ध गर्ने कम्युनिष्टहरुको अहिलेको बोली एउटै छ, यतिखेर माले, मसाले र मण्डले एकै ठाउँमा उभिएका छन्, यो निकै चिन्ता मान्ने बेला हो, हामी सचेत हुने बेला आएको छ , उनले भने । अहिले माओवादी केन्द्र बाहेकका सबै कम्युनिष्ट एमालेको नेतृत्वमा एकै ठाउँमा आएर ससंद रोकेर संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र गरिहेको आरोप लगाए । सत्ता पक्ष र प्रतिपक्ष बिचको द्धन्द्धले देश गम्भिर संकटमा भन्दै सत्ता पक्ष र प्रतिपक्ष अहिलेको अबस्थामा मिलेर संविधान कार्यानवयनमा नगए देशले अभिष्ट भोग्नु पर्ने बताए । कार्यक्रममा बोल्दै उनले भने ‘संविधान संशोधन प्रस्ताव मतदान मै जान नदिने यो बिधिको शासनबाट एमाले भाग्दैछ, मतदान मै गएर यसलाई टुङ्गोमा लागु पर्दछ । एमाले संविधान कार्यान्वयन र निर्वाचन हुन नदिने षडयन्त्र गरेको आरोप मनत्री बुढाथोकीले लगाएका छन् । कार्यक्रममा सांसदद्धय शिवबहादुर खड्का, रामेश्वर ढुङ्गेल, काग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले देशलाई निकाश दिन ठूला दलहरु एकजुट हुन पर्ने बताए ।