शैक्षिक महोत्सव सफल पार्न राजनितिक दल संग समितिको छलफल

311

लालबहादुर विक
माघ ७, अछाम
अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को राजनितिक समन्वय उपसमिती को वैठकले विहिवार जिल्ला स्थीत राजनितिक दल संग छलफल गरेको छ । संयोजक पदम वहादुर वोहराकोे अध्यक्षतामा भएको वैठकले महोत्सव सफल पार्न अछाम जिल्लामा क्रियासिल राजनितिक दलहरु संग छलफल गरेको हो । वैठकले उपस्थित राजनितक दलका नेताहरुलाई महोत्सव सफल पार्न आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ । साथै वैठकमा उपस्थित दलका नेताहरुले आ आफ्नो पार्टिका तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । वैठकमा नेपाली काँग्रसका उपसभापती चन्द्र प्रसाद ढुंगाना, राप्रपाका तेज वहादुर विष्ट, विप्लव माओवादीका सेर वहादुर विक लगायतको उपस्थिती रहेको थियो । यस्तै गुरुभोजन तथा आवास उपसमितिलाई पनी विस्तार गरिएको छ । समितिका संयोजक खेमराज ढुंगानाको अध्यक्षतामा भएको वैठकले १३ जना सदस्य समितिमा मनोनयन गरेको वताईएको छ ।
जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उदेश्यले यही माघ २१ गते देखि २८ गते सम्म अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ आयोजना गरिएको छ । अन्तराष्टिय भक्ति योग फाउन्डेशनका अन्तराष्टिय भागवत भुषण आचार्य नारायणशरण पूज्य सञ्जेलजीमहाराजद्धारा शैक्षिक तथा धार्मिक महोत्सवमा कथा वाचन गरिने वताईको छ । स्नातक तह सम्म मात्र अध्यापन गराउँदै आएको क्याम्पसमा स्नातकोत्तर तह संचालन भए यस जिल्लाका हजारौ विद्यार्थी लाभान्वीत हुने र यसै जिल्लामा प्राविधिक शिक्षा अध्यन गर्न पाउने भएकाले आ आफनो क्षेत्रवाट सक्दो सहयोग गरिदिन महोत्सव मुल आयोजक समितीका संयोजक पदम वोहराले सवैमा अनुरोध गरेका छन् ।