चोरी गर्दा–गर्दै प्रहरीको फन्दामा

314

पुस १२ ।
भक्तपुर । महानगरीय प्रहरी वृत ठिमीले चोरी गर्दै–गर्दा दुई जनालाई पक्राउ गरेको छ । ठिमी चार दोबाटोमा महिलाको मोवाइल र पुरुषको पर्स चोरी गरेर भाग्दै गर्दा पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिएका छन् । पक्राउ पर्नेमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका– १ घर भई हाल काठमाडौ कोटेश्वर बस्ने २१ वर्षको उत्तम कार्की र धादिङ्ग नौबिसे घर भई हाल भक्तपुर ठिमी बस्ने २६ वर्षको कुमार भुजेल रहेको प्रहरी नायव उपरीक्षक ओलीयाले बताए । उनीहरुले सार्वजनिक यातायातमा यात्रुको रुपमा चढेर चोरी गरेर भाग्ने क्रममा प्रहरी पक्राउ गरेको हो । उनीहरुले विगतमा पनि चोरीको कार्य गरेको र दुई जना फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान गरी आवश्यक कारवाही गरीने प्रहरीले जानकारी दिएको छ ।