नाजिरसँग करिश्माको डान्स

237

काठमाडौं । अघिल्लो पुस्ताका राजेश हमाल र करिश्मा मानन्धरले पछिल्लो छिमलका कलाकारसँग स्टेज पर्फम गर्दैछन् । आगामी नेफ्टा अवार्डले तन्नेरी र पाको उमेरलाई जोड्ने काम गरेको छ । दुबईमा हुने अवार्डको नवौं संस्करणको रिहर्सलको अन्तिम दिन करिश्मा मानन्धरले आफूभन्दा धेरै कान्छा नाजिर हुसेनसँग आफू अभिनित फिल्मका ब्लकबस्टर गीतहरुमा कम्मर भाँचिन् । हमालले भने मलिना जोशीसँग स्टेज सेयर गर्दैछन् । करिश्माले रमाइला फिल भैरहको बताइन् । ‘बरु उसले मेरा पुराना गीतहरु सुनेको छ या छैन तर, उसँग यी गीतमा नाच्दा रमाइलो फिल भैरहेको छ’ करिश्मा कथन थियो । जवाफमा नाजिरले आफूलाई पुराना गीत कर्णप्रिय र करिश्माको डान्स प्रिय लाग्ने बताए ।