ठुला पर्यटन व्यवसायीलाई समस्या

245

माघ १०,
काठमाडौं । पर्यटकको संख्या बढे पनि ठूला होटलको अकुपेन्सी भने सन् २०१४ को तुलनामा अत्यन्तै न्यून छ । संख्यात्मक रुपमा तुलना गर्दा पर्यटकहरु नेपालमा अहिले भूकम्प जानुपूर्वकै हाराहारीमा नेपालमा भित्रिएको देखिन्छ । सरकारी अधिकारीहरु भने पर्यटन क्षेत्र भूकम्पअघिकै अवस्थामा फर्किसकेको दावी गर्छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१६ मा भूकम्प अघि सन् २०१४ कै हाराहारीमा पर्यटक नेपाल भित्रिएका छन् । भूकम्पअघि सन् २०१४ मा पर्यटक आउने सिजनमा अकुपेन्सी ९५ प्रतिशतसम्म पुगेको थियो । सरकारी अधिकारीहरु भने पर्यटन क्षेत्र भूकम्पअघिकै अवस्थामा फर्किसकेको दावी गर्छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१६ मा भूकम्प अघि सन् २०१४ कै हाराहारीमा पर्यटक नेपाल भित्रिएका छन् । अहिले गुणस्तरीय पर्यटकहरु भन्दा पनि कम खर्च गर्न खोज्ने पर्यटक आएका छन् । यस्ता पर्यटकहरु विभिन्न वेबसाइटको सहायतामा होमस्टे पुग्ने गर्दछन् । सन् २०१६ मा भने होटलको अकुपेन्सी ६० प्रतिशतभन्दा माथि जान नसकेको होटल व्यवसायी महासंघ (हान) का अध्यक्ष अमरमान शाक्य बताउँछन् । पर्यटकको संख्या बढ्यो, तर होटलको अकुपेन्सीमा भने सुधार भएन । किन होला ? गुणस्तरीय पर्यटकहरु भन्दा पनि कम खर्च गर्ने पर्यटक आएका कारण होटलको अकुपेन्सी बढ्न नसकेको हानका अध्यक्ष शाक्यले जानकारी दिए । उनले भने ‘होटलको नभएको क्षेत्रमा होमस्टे खोल्नु पर्ने हो, तर होटलको आसपासमै होमस्टे खुलेका छन् कम खर्च गर्न खोज्ने टुरिष्ट भित्रिएका छन् र उनीहरुको रोजाई होमस्टे हुँदै आएको छ ।’ यसरी होटल व्यवसायीलाई नै सकंट पार्ने गर्ने होमस्टे संचालन हुदाँ ठुला व्यवसायी मर्कामा परेका छन् ।