भारत र पाकिस्तान कश्मीरका लागि किन लड्छन्

11

बीबीसी । कश्मीर एक जातीय विविधताले भरिपूर्ण हिमाली क्षेत्र हो जुन यसको ताल, घाँसे मैदान र हिउँले ढाकिएको पहाडहरूको सुन्दरताका लागि प्रसिद्ध छ। सन् १९४७ मा भारत र पाकिस्तान ब्रिटेनबाट स्वतन्त्र हुनुभन्दा पहिला पनि यो क्षेत्रमा चर्को विवाद रहेको थियो। भारतीय स्वतन्त्रता ऐनद्वारा प्रदान गरिएको विभाजन योजना अन्तर्गत मुस्लिम बहुल कश्मीर भारत वा पाकिस्तानमध्ये एकमा विलय हुन स्वतन्त्र थियो। महाराजा (स्थानीय शासक) हरि सिंह पहिला कश्मीर स्वतन्त्र होस् भन्ने चाहन्थे ( तर सन् १९४७ को अक्टोबरमा पाकिस्तानबाट आएका आदिवासीहरूको आक्रमणविरुद्ध भारतको सहयोगको बदलामा उनले भारतमा आबद्ध हुन रोजे। युद्ध सुरु भयो र भारतले संयुक्त राष्ट्रसङ्घलाई हस्तक्षेप गर्न आग्रह गर्‍यो। संयुक्त राष्ट्रसङ्घले भारत वा पाकिस्तान कोसँग आबद्ध हुने भन्ने प्रश्नको समाधान गर्न कश्मीरमा जनमत सङ्ग्रह गर्न सिफारिस गर्‍यो। यद्यपि, जनमत सङ्ग्रह हुनुभन्दा पहिले दुई देशहरू यो क्षेत्रलाई सेनामुक्त गर्ने सम्झौतामा सहमत हुन सकेनन्।

सन् १९४९ को जुलाई महिनामा भारत र पाकिस्तानले संयुक्त राष्ट्रसङ्घको सिफारिस अनुसार युद्ध विराम रेखा स्थापना गर्न सम्झौतामा हस्ताक्षर गरे र क्षेत्र विभाजित भयो।दोस्रो युद्ध सन् १९६५ मा भयो। त्यसपछि सन् १९९९ मा भयो। त्यति बेला भारतले पाकिस्तान समर्थित सेनासँग संक्षिप्त तर तिक्ततापूर्ण द्वन्द्व लड्यो। त्यति बेलासम्म भारत र पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र घोषित गरिएको थियो। अहिले कश्मीरमाथि दिल्ली र इस्लामावाद दुवैको दाबी रहेको छ तर दुवैलै यसको केही भाग मात्र नियन्त्रण गरेका छन्।
भारत प्रशासित क्षेत्रमा किन यति धेरै अशान्ति छरु

कश्मीरभित्र उक्त भूभाग कुन देशमा पर्छ भन्नेबारे फरक र दृढ विचारहरू रहेका छन्। कतिपयले यसलाई भारतद्वारा शासित भएको देख्न चाहँदैनन्, बरु स्वतन्त्रता वा पाकिस्तानसँगको एकतालाई प्राथमिकता दिन्छन्। धर्म एउटा कारक होस् जम्मू र कश्मीरमा ६०५ भन्दा बढी मुस्लिम बसोबास गर्छन् जसले गर्दा यो भारतको एक मात्र भाग हो जहाँ मुस्लिमहरू बहुमतमा छन्। सन् १९८९ देखि यस क्षेत्रमा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोह भइरहेको छ जसमा दशौँ हजारको ज्यान गएको छ। भारतले पाकिस्तानलाई कश्मीरमा आतङ्ककारीहरूलाई समर्थन गरेको आरोप लगाउँछ, जुन आरोपलाई पाकिस्तानले अस्वीकार गर्छ।
सन् २०१९ मा दिल्ली सरकारले ठूलो सुरक्षा दमनका बीच भारत प्रशासित कश्मीरको अर्धस्वायत्त हैसियत खोसेको थियो।
क्षेत्रको विशेष दर्जा खारेज भएको केही वर्षसम्म त्यहाँभित्रको विद्रोह घट्यो र पर्यटक भ्रमण बढ्यो।