सिन्धुपाल्चोक । जब लगातार वर्षा सुरु हुन्छ र मनसुन सक्रिय हुन थालेको खबर आउँछ, तब हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिकाका बासिन्दा आलसतालस हुन्छन् । गत वर्ष असारको प्राकृतिक विपत्तिमा घरजग्गा गुमाएका कैयन् स्थानीय बासिन्दा सरकारबाट राहत पाइने आशामा महिनौं गुजारेपछि निराश भएर काभ्रे र काठमाडौंतिर सरिसकेका छन् । बाँकी रहेकाहरूलाई यसपटक पनि त्यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ताले छोपेको...
काठमाडौ । पेट्रोल हाल्ने बिषयमास्टेसनमा गोली चलेको छ । श्रीलंकामा हिजो राति कोलम्बोबाट ३ सय ६५ किलोमिटर उत्तरमा रहेको भिसुवामाडुमा भिड नियन्त्रण गर्न सेनाले गोली चलाएको हो ।सेनाका प्रवक्ता निलान्था प्रेमरत्नेका अनुसार सेनाको ‘गार्ड प्वाइन्ट’ मा ढुंगा प्रहार भएपछि गोली चलाइएको हो । २० देखि ३० जनाको समूहले ढुंगा हानेर सेनाको ट्रकमा क्षति पुर्याएको त्यहाँको सेनाले जनाएको छ ।गोली...
काठमाडौ । उडिरहेको विमान आगो लागेको छ । यो घटना बिहारको राजधानी पटनामा एक विमानलाई आपतकालिन अवतरण गराइएको छ। पटनाबाट डिल्ली आउँदै गरेको स्पाइस जेटको विमानको इन्जिनमा आगो लागेपछि अकस्मात अवतरण गराइएको हो।
विमानमा १८५ जना यात्रु सवार थिए।उडान भर्ने क्रममा इन्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरण गराइएको बताइएको छ। पटनाका डीएमले विमानका सबै यात्रु सकुशल रहेको...
दाङ : तुलसीपुरमा सडक खन्ने क्रममा गाडेको अवस्थामा ५ सयभन्दा बढी प्राचीन सिक्का फेला परेका छन्।विहीबार सडक खन्ने क्रममा तुलसीपुर उपमहानगरपालिका ४ मा ५३७ वटा सिक्का भेटिएका हुन्। गोटिखोलादेखि–सिमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसिबी चालकले ती सिक्का भेट्टाएका थिए।चालक सुवास चौधरीले बाटाे खन्ने क्रममा उक्त सिक्का भेट्टाएका थिए भने अर्का चालक राजन खड्काले आफूलाई ती सिक्काकाे भाग पाउनु...
पर्सा : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले यो धारणा राखेका हुन्। उनले भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ तर एजेण्डाविहीन बनेको एमालेले...
ताप्लेजुङ : ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ। निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो।गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो। जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ। ३५ घरपरिवार विस्थापित...
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बैठकमा अनुपस्थित भएको कुरामा समिति सभापति पवित्रा निरौलाले आसन्तुष्टि जनाएकी छन्। प्रधानमन्त्रीले अन्तिम समयमा आएर बैठकमा आउन भ्याउँदिन भनेर खबर पठाएपछि उनले असन्तुष्टि जनाएकी हुन्। उनले भनिन्, ‘संसदमा प्रधानमन्त्रीको धारणा नआएपछि हामीले यहाँ बोलाएको थियौँ। बैठकमा बोलाउँदा उहाँ आउनुहुन्छ भन्नेमा हामी ढुक्क थियौँ। उहाँ आउन नसक्ने कुरा अन्तिम समयमा...
काठमाडौं । सन् १९९२ मा भुटानबाट लखेटिएपछि भम्पा राई नेपाल आउनु भएको थिए। उहाँ झापाको दमकमा बस्नु भएको थियो । शरणार्थीको निः शुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आउनु भएको थियो । भूटानी राजाका डाक्टर राईले शरणार्थीको तेस्रो देश पुनरबासको कार्यक्रम अस्वीकार गर्दै सास रहेसम्म शरणार्थीको स्वदेश फिर्तीलाई नै अभियानको रुपमा अघि बढाउने बताउनु...
काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ्ग राइलाई नचिन्ने नेपाली कमै होलान् । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर धराने जनताको मतबाट उनले मेयरको पद पाएर निर्वाचिन हुनु भयो । उहाँ सादा जिवन मनपराउने व्यक्ति हुनुहुन्छ ।लौरौ चुनाव चिन्ह लिएर निर्वाचनमा उठ्नु भएका उहाँको जीत पछि धैरै चर्चा हुने गरेको छ । धरानको विकृतिमाथी सधै धावा बोल्नु भएका राईले जनताको मुद्धा...
काठमाडौ । अविरल वर्षाको कारण देशमा विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन्। रेडियो पाकिस्तानले देशका विभिन्न सहरहरूमा ४० लाखभन्दा बढी मानिस अलपत्र परेको बताएको छ। भारी वर्षाका कारण बुधबार (जुन १५) त्यस क्षेत्रमा बाढी आएको हो।बुधबार (जुन १५) उत्तर-पूर्वी क्षेत्रहरूमा भारी वर्षा र अपस्ट्रीम भारतको मेघालयमा रेकर्ड-ब्रेक हने गरी वर्षात् भएको छ। सिलहट र...










