Sunday, September 27, 2026
Home समाचार अधुरै रह्यो भम्पा राईको जन्मभूमी फर्कर्ने सपना

अधुरै रह्यो भम्पा राईको जन्मभूमी फर्कर्ने सपना

75

काठमाडौं । सन् १९९२ मा भुटानबाट लखेटिएपछि भम्पा राई नेपाल आउनु भएको थिए। उहाँ झापाको दमकमा बस्नु भएको थियो । शरणार्थीको निः शुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आउनु भएको थियो । भूटानी राजाका डाक्टर राईले शरणार्थीको तेस्रो देश पुनरबासको कार्यक्रम अस्वीकार गर्दै सास रहेसम्म शरणार्थीको स्वदेश फिर्तीलाई नै अभियानको रुपमा अघि बढाउने बताउनु हुन्थ्यो । भुटानी शरनार्थीका नेता डाक्टर भम्पा राईको गए राति २स्४० बजे ७५ वर्षका राईको निधन भएको हो। उहाँको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। दुई वर्षअघि श्रीमती उर्मिलाको निधन भएपछि उहाँ दमकस्थित डेरामा एक्लै बस्दै आउनु भएको छ । उहाँको दशकौं लामो स्वदेश भूटान फर्कने सपना आज उहाँसंगै बिलाएको छ ।
किराँत संस्कारअनुसार राईको आज दमक नजिकै पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अन्त्येष्टि गर्ने तयारी छ।