धरानका मेयर हर्क साम्पाङ्गलाई एकदिन पछ्याउँदा….

75

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ्ग राइलाई नचिन्ने नेपाली कमै होलान् । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर धराने जनताको मतबाट उनले मेयरको पद पाएर निर्वाचिन हुनु भयो । उहाँ सादा जिवन मनपराउने व्यक्ति हुनुहुन्छ ।लौरौ चुनाव चिन्ह लिएर निर्वाचनमा उठ्नु भएका उहाँको जीत पछि धैरै चर्चा हुने गरेको छ । धरानको विकृतिमाथी सधै धावा बोल्नु भएका राईले जनताको मुद्धा स्थापित गर्न आफु हरेक दिन सक्रिय हुने बताउदैं आउनु भएको छ । समाजिक संजालमा निकै सक्रिय उनीलाई हामीले एकदिन उनको पोष्टहरुलाई पछ्याएका छौं ।

खानेपानी समस्याबाट धरानलाई मुक्त गर्ने मुख्य अभियान छ राईको । लागू औषधको प्रयोगले समाजमा अपराध बढेकोको भनाई छ । अर्का तर्फ फोहरलाई व्यवस्थापन गर्न आफैं लागौं भन्ने सन्देश समेत राईले सामाजिक संजालमा पोष्ट गर्दैं आउनु भएको छ । उनका सामाजिक संजालमा गरिएको पोष्ट मन पराउने र धन्यवाद दिने प्रतिक्रिया दिने पनि धेरै देखिन्छन् । कतियपले भने काम गरौं पोष्ट धेरै नगनूहोस् भन्दै सुझाव पनि दिएका छन् ।

लाहुरेहरुको शहर भनेर चिनिने धरान नेपालको एक सुन्दर शहर हो । धरान उपमहानगरमा समस्या थोरै भएपनि विगतका जनप्रतिनिधीले उल्लेखनिय सुधार गर्न नसकेको स्थानीयहरुको आरोप छ । आर्थिक रुपमा सम्पन्न मानिसको बाक्लो बस्ती रहेको धरानमा फोहर, खानेपानी, लागूऔषध, सरकारी कार्यालयमा सुशासन कायम नहुनु मुख्य समस्या हुन । निर्वाचिन भएको एक महिना हुनै लाग्दा उहाँले गरेका कामले जनताको पक्कै पनि मन जितेको छ । आगामी वर्षहरुमा पनि धरानलाई विश्वकै सुन्दर शहर बनाउन मेयर राई सफल हुनुहुन्छ भन्ने जनताको विश्वास रहेको छ ।

हरौं उहाँले २४ घण्टमा गर्नु भएका पोष्ट