Friday, October 2, 2026
Home अन्तर्राष्ट्रिय उडिरहेको बिमानामा आगो लाग्यो, आपतकालीन अवतरण

उडिरहेको बिमानामा आगो लाग्यो, आपतकालीन अवतरण

197

काठमाडौ । उडिरहेको विमान आगो लागेको छ । यो घटना बिहारको राजधानी पटनामा एक विमानलाई आपतकालिन अवतरण गराइएको छ। पटनाबाट डिल्ली आउँदै गरेको स्पाइस जेटको विमानको इन्जिनमा आगो लागेपछि अकस्मात अवतरण गराइएको हो।
विमानमा १८५ जना यात्रु सवार थिए।

उडान भर्ने क्रममा इन्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरण गराइएको बताइएको छ। पटनाका डीएमले विमानका सबै यात्रु सकुशल रहेको स‌ञ्चारमाध्यमाध्यमलाई जानकारी दिएका छन्। उनका अनुसार विमानको देब्रे पखेटामा आगो लागेको थियो। मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागेको देखेका थिए।

# यसअघि अन्य तस्विर पर्न गएकोमा क्षमाप्रार्थी छौं । -सम्पादक