काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना...
लमजुङ । बेसीसहर नगरपालिका-८ स्थित सेरा क्षेत्रमा एक सय ५७ मिटर सडक ढलान कार्य सम्पन्न भएको छ । लागत साझेदारी कार्यक्रमअन्तर्गत करिब ३२ लाख रुपैयाँको लागतमा सडक निर्माण भएको हो ।आर्थिक वर्ष २०७८-७९ को बेसीसहर नगरपालिका-८ र स्थानीयको लागत साझेदारीमा वडा नम्बर ८ सेरास्थित लालबहादुर श्रेष्ठको घरदेखि मंगलको घरसम्मको एक सय ५७ मिटर सडक ढलान भएको वडा अध्यक्ष पवित्रा...
भक्तपुर । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चारवटा स्थानीय तहमा उम्मेदवार बनेकामध्ये ५३८ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल ९२८ जना उम्मेदवार बनेकामा ५३८ जनाले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४९४० तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को...
काठमाडौँ । व्यास नगरपालिकाले न्युरोडमा फुटपाथका पसल हटाउने क्रममा नगरप्रहरीले व्यवसायीको ठेलाका आँप सडकमै फालिदिएको छ ।नगरका सडक तथा पेटी अतिक्रमण गरी ठेलामा व्यवसाय गरेको भन्दै नगर प्रहरीले मंगलबार ठेला नियन्त्रणमा लिने क्रममा आँप सडकमै फालेको हो । नगरप्रहरी प्रमुख आशिक परियारले साँघुरो सडकमा व्यापार गरेपछि नियन्त्रणमा लिएको बताए ।उनले ठेला तान्ने क्रममा आँप सडकमा पोखिएको भन्दै नगरप्रहरीले आँप...
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको बनेपास्थित बनेपा डेन्टल केयरले दिने सेवामा विशेष छुट पाउने भएका छन् । डेन्टल केयरले प्रदान गरिने सेवामा बैंकका ग्राहकलाई आकर्षक छुट दिने विषयमा दुवै संस्थाबीच सम्झौता भएको हो ।सम्झौता अनुसार डेन्टल केयरबाट सेवा लिए वापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्ने ग्राहकले जेनेरलडोन्टिक्स, पेडोडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र...
काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार बजार ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको छ । सोमबार भने सेयर बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको थियो ।सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि कमि आएको छ । मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ । सोमबार भने ४ अर्ब...
गण्डकी । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन्। बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको बताए। जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए ।बाढीका कारण जनजीवन अस्तव्यस्त भएको...
काठमाडौँ । नवविवाहित दुलहीलाई घर लैजान सैन्य हेलिकप्टर प्रयोग गरेको विवरण सार्वजनिक भएको छ । अफ्गानस्थानमा एक तालिबान कमाण्डरले आफ्नी दुलहीलाई लोगरबाट खोस्ट प्रान्तमा लैजान हेलिकप्टर प्रयोग गरेका थिए ।दुलहीलाई घर लैजान प्रयोग गर्ने तालिबान नेता तालिवानको हक्कानी शाखाको कमाण्डर भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।सामाजिक सञ्जालमा भाइरल भिडियोमा ती कमण्डर दुलहीको घर नजिकै अवतरण गरेका थिए ।...
काठमाडौं । एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका हुन् ।प्युठानको ऐरावती– ६ बिजुलिकोट बस्ने १२ र ७ वर्षका दुई बालकको चट्याङ लागेर मृत्यु भएको...
काठमाडौं । नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । अघिल्लो सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गर्न लागेपछि मंगलबार बिहान प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई प्रवेशमा रोक लगाएको हो ।सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो । रेडक्रस तदर्थ समितिका अध्यक्ष नेत्रराज तिम्सिनालगायत पदाधिकारी मंगलबार पनि कार्यालय...










