कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने

102

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको बनेपास्थित बनेपा डेन्टल केयरले दिने सेवामा विशेष छुट पाउने भएका छन् । डेन्टल केयरले प्रदान गरिने सेवामा बैंकका ग्राहकलाई आकर्षक छुट दिने विषयमा दुवै संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार डेन्टल केयरबाट सेवा लिए वापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्ने ग्राहकले जेनेरलडोन्टिक्स, पेडोडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बताएको छ ।