नगरप्रहरीले उठायो फुटपाथका पसल

187

काठमाडौँ । व्यास नगरपालिकाले न्युरोडमा फुटपाथका पसल हटाउने क्रममा नगरप्रहरीले व्यवसायीको ठेलाका आँप सडकमै फालिदिएको छ ।

नगरका सडक तथा पेटी अतिक्रमण गरी ठेलामा व्यवसाय गरेको भन्दै नगर प्रहरीले मंगलबार ठेला नियन्त्रणमा लिने क्रममा आँप सडकमै फालेको हो । नगरप्रहरी प्रमुख आशिक परियारले साँघुरो सडकमा व्यापार गरेपछि नियन्त्रणमा लिएको बताए ।

उनले ठेला तान्ने क्रममा आँप सडकमा पोखिएको भन्दै नगरप्रहरीले आँप नफालेको दाबी गरे । नगर प्रहरीले दमौलीका सडकमा व्यापार गर्ने फुटपाथ व्यवसायी, तरकारी बेच्नेहरुको सामग्री बेला बेला नियन्त्रणमा लिँदै आएको छ । कृषि उपज खरिद बिक्री गर्नको लागि व्यास ३ स्थित दमौली अस्पताल जाने बाटोमा केन्द्र स्थापना गरिएको छ । तर अधिकांश व्यापारीले सडकमै व्यवसाय गर्दै आएका छन् ।