Home Blog Page 858
काठमाडौँ । तनँहुको आबुखैरेनी गाँउपालिका.१ बरादीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्।घाइते भएका तनँहुको दुलेगौडा घर बताउने अन्दाजी ३५ बर्षीय दिपक गिरीलाई उपचारको लागी हाडजोर्नी अस्पताल पठाइएको छ। डुम्रेबाट आँबुखैरेनी तर्फ आँउदै गरेको बा८३प ६८ ४२ नम्बरको मोटरसाइकलले पैदलयात्री गिरीलाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको हो। दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा करिब दुई घण्टा ढिला गरी सुरु भएको बैठकको कार्यसमितिका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिँडेको स्रोतले बताएको छ।असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात...
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ।बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य बुधबार ९३ हजार ५ सय रुपैयाँ थियो ।...
काठमाडौँ । पिपुल्स पावर कम्पनीको आईपीओको लागि आवेदन दिने आज अन्तिम दिन हो । यस आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछ । कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४...
काठमाडौं । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ । विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् ।हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । जुन देशको पासपोर्टले सबैभन्दा बढी अनआराइभल भिसा...
म्याड्रिड । अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन् । पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी रेकर्ड गरिएको छ ।‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु ।’ पछिल्लो समयमा पश्चिमी...
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो । बुधबार गृहसचिव स्तरीय बैठकले उक्त निर्देशन जारी गरेको हो ।गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही दिनदेखि सार्वजनिक विदाको दिन सरकारी...
खार्तुम । सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले बुधबार जानकारी दिएका छन् ।इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने । शनिबारदेखि सेना परिचालन भएपछि...
काठमाडौँ । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहिवार) कार्यसमिति बैठक सुरु भएको छ ।सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८:३० मा मात्रै सुरु भएको थियो । गत सोमबार बैठक बोलाइएपनी अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछी बैठक स्थगित भएको थियो । बैठकमा विविधसहित १२ बुदामा...