Sunday, September 27, 2026
Home समाज मोटरसाइकल दुर्घटना, एक जना गम्भीर घाइते

मोटरसाइकल दुर्घटना, एक जना गम्भीर घाइते

57

काठमाडौँ । तनँहुको आबुखैरेनी गाँउपालिका.१ बरादीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्।

घाइते भएका तनँहुको दुलेगौडा घर बताउने अन्दाजी ३५ बर्षीय दिपक गिरीलाई उपचारको लागी हाडजोर्नी अस्पताल पठाइएको छ। डुम्रेबाट आँबुखैरेनी तर्फ आँउदै गरेको बा८३प ६८ ४२ नम्बरको मोटरसाइकलले पैदलयात्री गिरीलाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको हो। दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ।