काठमाडौँ । नेकपा माओवादी केन्द्रले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे ।गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो भने पत्राचार...
काठमाडौँ । पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरी सर्तकर्ता अपनाउन अपिल गरेको हो ।हाल कोभिड-१९ को सङ्क्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा...
काठमाडौँ । दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको बुधबार पुष्टि भएको हो ।पर्वतमा उनीहरू दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको अस्पतालले जनाएको छ । घरमा...
काठमाडौं । एमाले सांसद प्रदीप ज्ञवालीले आफूले मूल्यवृद्धिविरुद्ध कुरा उठाउँदा आफूलाई ट्रोल बनाइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले आफूले मूल्यवृद्धिको कुरा उठाउँदा अमेरिकामा खाना खाएको फोटोलाई ट्रोल बनाइएको बताए । ‘मूल्यवृद्धिको कुरा गर्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए,’ उनले भने, ‘यसले उहाँको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना ।’खाद्यान्न, तरकारीमा ४० प्रतिशत मूल्यवृद्धि भएको र मुद्रास्फिति ९...
काठमाडौं । पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन् ।निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।
कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिए ।श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक भएका थिए ।यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलीजुली सरकार गठनको प्रयास भइरहेको...
काठमाडौँ । चार वर्षीया बालिका बलात्कृत भएकी छन् ।रूपन्देहीमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ ।भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् । अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा. मुकेश झाले जानकारी दिए।उदयपुरमा अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उनले बताए । अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले भने“ ५० शय्याको...
काठमाडौं । सिन्धुपाल्चोक र सिन्धुलीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ जम्बुमा सोही नगरपालिका–८ बस्ने २१ वर्षीय दिपक भण्डारीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।त्रिवेणी ब्रमायणी कन्ट्रक्सन प्रालिको स्काईभेटरकको बकेट उठाई डिजेल हाल्ने क्रममा बिजुलीको तारमा बकेटले छुन जाँदा करेन्ट लागी उनको मृत्यु भएको हो । सिन्धुलीको दुधौली नगरपालिका–७ सिमराई बस्ने ३४...
काठमाडौँ । सर्लाही, धादिङ र मोरङबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले फक्राउ गरेको छ ।सर्लाहीको हरिपुर नगरपालिका–९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५ एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सय एम्पुल लेबल तथा नाम नखुलेको लागूऔषधसहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–३ बस्ने ३५ वर्षीय...










