भोजपुर । भोजपुर नगरपालिका–१२ चौतारामा हिजो साँझ ट्रयाक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय सुन्दर तामाङका ४ बर्षीय छोरा मेन्सन तामाङ रहेका छन् ।टक्सारबाट गुम्बातर्फ जाँदै गरेका मे १ त ४७४४ नम्बरको ट्रयाक्टरको ठक्करबाट हिजो साँझ ६ बजे बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शवलाई पोष्टमार्टको लागी जिल्ला...
काठमाडौं । भारतमा पहिलो पटक आदिवासी समुदायकी महिला राष्ट्रपति बनेकी छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार साँझ सकिएको मतगणनामा सत्तारूढ गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु भारतको १५ औं राष्ट्रपतिमा विजयी भएकी छन्। उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई हराएकी हुन्। मुर्मु राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनलाई बधाइ दिएका छन्।
काठमाडौं । भ्यान्ट मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो। भ्यान्टामा पर्याप्त मात्रामा आइरहन पाइन्छ। शरीरमा आइरन बढाउन मात्र होइन भ्यान्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ। रक्तचापलाई नियन्त्रणमा राख्न समेत सहयोग पुयौउने भ्यान्टामा मानिसलाई चाहिने पोटासियम समेत पर्याप्त मात्रामा पाइन्छ। तपाईं तरकारीमा भ्यान्टा कतिको खाने गर्नुहुन्छ ? थोरै खानुहुन्छ वा खान रुचाउनुहुन्न भने...
काठमाडौँ । हिन्दू धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्त्व फरक छ। यही फरक महत्त्वलाई बुझ्न सके दैनिकी सहज बन्नेछ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले...
काठमाडौं । तपाईको आजको राशिफल हेर्नुहोस् । आज ६ साउन २०७९ शुक्रवारको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
-शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
-आज सानो भूलका कारण गरेको काममा बाधा आउला...
काठमाडौं । पूर्व कार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै जनता टेलिभिजन धर्ना दिएका छन् । श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।धर्ना कार्यक्रमलाई सम्बोधन...
काठमाडौँ । सर्लाही, धादिङ र मोरङबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले फक्राउ गरेको छ ।सर्लाहीको हरिपुर नगरपालिका–९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५ एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सय एम्पुल लेबल तथा नाम नखुलेको लागूऔषधसहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । आर्थिक वर्ष ०७८/०७९ मा प्रहरीले १२ वटा...
वालिङ । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए। उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल...
काठमाडौं । उपत्यकाको फोहोर कम्तिमा एक साता नउठ्ने भएको छ।महानगरले एक सूचनाजारी गर्दै बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले तत्काल फोहोर उठाउन नसकिने बताएको हो। महानगरले एक हप्ता सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने बताएको हो। महानगरले कम्तीमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई सडक चोक र सार्वजनिक स्थानमा...
काठमाडौँ । बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ। भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन्।पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोरोना सङ्क्रमणमुक्त भएका छन्। योसँगै...









