चार वर्षीया बालिका बलात्कृत

42

काठमाडौँ । चार वर्षीया बालिका बलात्कृत भएकी छन् ।

रूपन्देहीमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ ।

भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।