Home Blog Page 852
यांगुन ।  म्यानमारको सेनाले चार प्रजातान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ । दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको हो ।  पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको आरोप लगाइएको थियो ।जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । जुन्ता सरकारले गत वर्ष फेब्रुवरीमा...
काठमाडौँ । भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् ।तीन जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउको ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । दुबै बस बिहारबाट दिल्लीको यात्रामा थिए । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको आजको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ १८ पैसा र बिक्रीदर १३० रुपैयाँ ८० पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ...
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा नेपालमा ३४७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन विधिबाट १ हजार ५२८ गरी...
काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए । यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपूग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको...
काठमाडौँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले कामामाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अल्लोको कपडा उपहार प्रदान गर्नुभएको छ । स्थानीय स्वदेशमै उत्पादित वस्तुको प्रबद्र्धन गर्न खाँदबारीको सम्झाना स्वरुप शाहलाई प्रमुख थपलियाले अल्लोको कपडा प्रदान गर्नुभएको हो ।काठमाडौं महानगरपालिका र खाँदबारी नगरपालिकाबीच भाइचारा कायम गर्ने प्रसङ्गमा शुक्रबारकाठमाडौंमा महानगरपालिकामा भएको दुई प्रमुख सहितको टोलीबीच भएको भेटघाटमा शाहलाई थपलियाले अल्लोको कपडा...
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा स्वदेशी र विदेशी लगाीनमा सञ्चालन हुनेगरी कूल ३०९ वटा नयाँ उद्योग दर्ता भएका छन् । योसँगै नेपालमा दर्ता भएका उद्योगको संख्या ८ हजार ७६४ पुगेको छ ।उद्योग विभागका अनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा ९१ वटा ठूला, १०८ वटा मझौला र ११० वटा साना रहेका छन् । गतवर्ष दर्ता भएको...
बुटवल । प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढ सय युवायुवतीलाई पक्राउ गरेको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो ।ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सात जना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।तिलोत्तमाको जानकी नगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा...
काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वामा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको हो ।घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय सनाउल्लाह झरना नजिकैको भीरमा उभिएर सेल्फी खिचिरहेका बेला चिप्लिएर लडेको जनाइएको...
काठमाडौं । अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र मोरङमा डुबेर चार जनाको मृत्यु भएको छ ।अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखता बस्ने २० वर्षीय बिक्रम खनालको सितगंगा नगरपालिका–१२ कुन्द्रे खोलामा डुबेर शनिबार मृत्यु भएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेर बिक्रम बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा अचेत अवस्थामा उनलाई फेला पारेको थियो...