काठमाडौं । महान्यायाधिवक्ता कार्यालयका उपसचिव बुद्धि श्रेष्ठले संसद् सचिवालयका ड्राइभर हरिराम रुपाखेतीलाई कुटेका छन् । सामान्य भनाभनमा आइतबार श्रेष्ठले ड्राइभर रिपाखेतीमाथि हातपात गरेका हुन् ।संसद सचिवालयका सवारी ब्यवस्थापन शाखाका प्रमुख कान्छा दुलालले ड्राइभरले असुरक्षित महसुस गरेको भन्दै दुई दिनदेखि कर्मचारी बोक्ने गाडी नचलाउँदा समस्या भएको बताए । उनका अनुसार ट्रेड युनियनसँग पनि छलफल भएको छ ।पीडित ड्राइभर रुपाखेती भन्छन्,...
नयाँ दिल्ली । द्रौपदी मुर्मुले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।सपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए । कार्यक्रममा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला...
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट नेपालमा एक वर्षको अवधिमा साढे ३५ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ अर्थात २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपालले आयात गरेको हो ।सो अवधिमा युएई र टर्कीबाट नेपालमा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँको सुन...
भक्तपुर । भक्तपुरको सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको घटना सम्वन्धमा एमाले सांसद महेश बस्नेतले संसदमा बोलेको अभिव्यक्तिको विरोध भएको छ ।घटनामा परी मिनीबसमा सवारमध्ये चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नगरपालिका- ४ का राजकुमार भुजेल गरी तीनजनाको निधन मृत्यु भएको थियो । जसबारे भक्तपुर क्षेत्र नम्बर...
काठमाडौं । अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गरेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो गठबन्धनको बैठकमा पनि सो बारे प्रश्न उठाउँदै तत्काल अस्वीकार गर्ने पत्र पठाउन अनुरोध गरे...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको भन्दै पुर्नविचार गर्नुपर्ने तर्क गरेका छन । नरबहादुर कर्मचार्यको ९ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै प्रचण्डले पुर्नविचार गर्नुपर्ने तर्क गरेका हुन ।‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै...
काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा गत आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा बढी भएको छ ।भन्सार विभागका अनुसार गतवर्ष नेपालको कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको...
लस एन्जलस । लस एन्जलसको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्यान पेड्रोको पेक पार्कमा चलिरहेको कार शोको क्रममा स्थानीय समयअनुसार आइतबार साँझ ४ बजे गोलीबारी भएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।पेक पार्कमा दुई पक्षबीचको विवादका कारण गोली हानाहान सुरु भएको लस एन्जलस प्रहरी...
विराटनगर । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ ।निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिए ।छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट...
भक्तपुर । शिक्षासेवी संजय खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित भएका छन् । मदरल्याण्ड स्कुल भक्तपुरका संचालक एवं प्रिन्सिपल संजय खड्कालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले सम्मान गरेका हुन् ।चन्द्रलोक प्रतिष्ठानको आयोजनामा सम्पन्न एक कार्यक्रममा मन्त्री कुवर र विशिष्ट अतिथि नेपाल सरकारका पूर्व मन्त्री एवं पूर्व सचिव तथा वरिष्ठ साहित्यकार शंकर प्रसाद कोईरालाले “राष्ट्रिय शिक्षा...










