काठमाडौँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले कामामाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अल्लोको कपडा उपहार प्रदान गर्नुभएको छ । स्थानीय स्वदेशमै उत्पादित वस्तुको प्रबद्र्धन गर्न खाँदबारीको सम्झाना स्वरुप शाहलाई प्रमुख थपलियाले अल्लोको कपडा प्रदान गर्नुभएको हो ।
काठमाडौं महानगरपालिका र खाँदबारी नगरपालिकाबीच भाइचारा कायम गर्ने प्रसङ्गमा शुक्रबारकाठमाडौंमा महानगरपालिकामा भएको दुई प्रमुख सहितको टोलीबीच भएको भेटघाटमा शाहलाई थपलियाले अल्लोको कपडा प्रदान गर्नुभएको हो ।
दुई पालिकाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै आगामी दिनमा दुई पालिकाबीच भाइचारा कायम गर्ने विषयमा दुबै प्रमुखबीच सौहर्दपूर्णरुपमा छलफल भएको थियो । सो क्रममा खाँदबारीका नगर प्रमुख थपलियाले महानगरपालिका प्रमुख शाहलाई खाँदबारी भ्रमण गर्ने निमन्त्रणा प्रदान गर्नुभएको छ ।