काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्या १२७ रुपैयाँ ११ पैसा ताेकेकाे छ । साेमबारका लागि राष्ट्र बैंकले ताेकेकाे विनिमय दरअनुसार युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा रहेको...
काठमाडौं । गत आर्थिक वर्ष २०७८–७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् । जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बीमा समूहको कम्पनीले आईपीओ जारी गरेको थियो । आईपीओ जारी गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)
हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशका प्रदेश १, बागमती, गण्डकी...
जेरुसेलम । इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले पूर्व जेलगार्डलाई उच्च अधिकारीहरूले ‘यौन दास’ बन्न बाध्य पारेको भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । गार्डले आफूलाई प्यालेस्टिनी कैदीले पनि बारम्बार बलात्कार गरेको गुनासो गरेकी छिन् । गिल्बोआ जेलमा महिला गार्डहरूलाई कैदीहरूले दुर्व्यवहार गरेको रिपोर्ट इजरायली मिडियाले वर्षौंदेखि गर्दै आएकी छिन् ।सन् २०२१ मा सुरुङ खनेर ६ जना कैदी जेलबाट बाहिर निस्किएको...
काठमाडौं । नेविसंघको तालाबन्दीको कारण अन्यौलमा परेको नेपाल संस्कृत विश्वविद्यालयको आचार्य प्रथम खण्डको परीक्षा भोलि सोमबारदेखि हुने भएको छ ।आचार्य प्रथम खण्ड (नियमित/आंशिक/स्वतन्त्र) २०७७ र मौका परीक्षा २०७८ को वार्षिक परीक्षा साउन १६ गतेदेखि तोकिएको थियो । तर नेविसंघले १४ बुँदे माग राख्दै दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको मूल गेट, सेवा आयोग, उपकुलपतिको कार्यलय, रेक्टर, रजिष्ट्रार, आर्थिक प्रशासन...
काठमाडौँ । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो।मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ। ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको...
दाङ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ मा शनिबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–३ भ्यागुतेमा लु ३ च ३५३ नं. को जीप दुर्घटना भएको थियो ।दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो। ५४ वर्षीया कान्ति कर्णको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।...
काठमाडौं । नेपाल एकीकरणमा भूमिका खेलेका अमरसिंह थापाको स्मृतिमा गोरखाको सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साउन १६ गते सोमबार गाउँपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिए।अमरसिंहको २०६ औं स्मृति दिवसमा बिदा दिने निर्णय गाउँसभाले गरेको थियो। अमरसिंहको स्मृति दिवसमा वडा नम्बर ६ गाँखुस्थित अमरसिंह पार्कमा कार्यक्रम गरिने पनि उनले जानकारी...
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन वडा कार्यालय र रक्तसञ्चार केन्द्र, वीरगञ्जबीच सम्झौता भएको छ ।विपन्न नागरिक बिरामी हुँदा रगत अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्रसँग सम्झौता गरिएको वीरगञ्ज–१० का वडाध्यक्ष साह कानुले बताए । उनका अनुसार वडाले निःशुल्क रगत सेवाका लागि चालु...
झापा । झापाको कन्काई नगरपालिका वडा नम्बर-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।आइतबार दिउँसो मे १ च १६५४ नं. को एम्बुलेन्सले प्र १- ०१-०१५ प २१४८ नं.को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका- ६ बस्ने २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।डीएसपी...










