म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।प्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो ।पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको हो ।...
चन्द्रौटा । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ । श्रीमान्को अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको कोइली खोलाले आज बिहान एक दम्पतीलाई बगाउँदा उनीहरु बेपत्ता भएका थिए ।वाणगङ्गा नगरपालिका– ७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनालाई खोला...
काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलाडी परिवर्तन गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ ।आइतबार राति भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाईमा स्थान बनाएका थिए...
नवलपुर । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् ।सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको...
काठमाडौं । पाँच दलीय गठबन्धन सरकारको एक वर्षे कार्याकालको कामकारबाही बारे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूबाट जानकारी लिन शुरु गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साढे ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले सरकारको काम कारबाहीबारे जानकारी लिन लागेका हुन् ।सरकारको कामकारबाही जनमुखी र लोकप्रिय बनाउनेबारे सचिवहरूलाई समेत राखेर बैठक शुरु गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...
काठमाडौं । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टङ्कले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए ।घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पुयाएका थिए । तर भण्डारीको...
काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिव साढे १७ अर्ब रुपैयाँको फलफुल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफुल नेपाल भित्रिएको हो ।सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा गत आर्थिक...
लमजुङ । जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचार खर्च नपाएको जनाएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराउने भनी सम्झौता गरेक पनि हालसम्म रकम उपलब्ध नभएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।जिल्ला अस्पताल लमजुङले महामारी सुरु भएदेखि हालसम्म पाँच सय ६९ जनाले उपचार गरेको छ । उपचार गराएका संक्रमितहरूको कूल रकम एक करोड ४१ लाख ७१...
जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाको नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडीमालिका प्रस्थान गरेको छ । तत्कालिन जुम्ला र डोटी राज्यद्धारा नाग पञ्चमीका अवसरमा संयुक्त रुपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको डोलीसहित कर्मचारी नेतृत्वको टोली बडीमालिका प्रस्थान गरेको हो ।जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वको चार जनाको टोली र भक्तालुहरू त्यसतर्फ प्रस्थान गरेका हुन् । टोली...
काठमाडौँ । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड -१९ सङ्क्रमण पुष्टि भएको छ। यसैसँगै त्यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण धेरै बढेको पाइएको छ। अघिल्लो दिन ४४ हजार छ सय ८९...










