प्रधानमन्त्री, मन्त्री र सचिवहरूको संयुक्त बैठक जारी

55

काठमाडौं । पाँच दलीय गठबन्धन सरकारको एक वर्षे कार्याकालको कामकारबाही बारे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूबाट जानकारी लिन शुरु गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साढे ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले सरकारको काम कारबाहीबारे जानकारी लिन लागेका हुन् ।

सरकारको कामकारबाही जनमुखी र लोकप्रिय बनाउनेबारे सचिवहरूलाई समेत राखेर बैठक शुरु गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।