काठमाडौं । एमाले सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरुको भागभाग रहेको बताएका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए । जस कारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको उनको भनाइ...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल स्वासथ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले स्वास्थ्य बिमा कार्यक्रम व्यवसायिक बिमा नभएर सामाजिक सेवा कार्यक्रम रहेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारीप्रति आपत्ति जनाएका हुन् ।पछिल्लो समय बिमाबापतको रकम भुक्तानी नभएको बहानामा अस्पतालहरुले...
काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।पार्टी उपाध्यक्ष ई. बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका...
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो...
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार आठ सय...
जनकपुरधाम । नेपाल भारतकाको सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्न दुवै देशका सुरक्षा अधिकारीहरुले निर्णय गरेका छन् ।शनिबार जनकपुरधाममा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा सीमावर्ती क्षेत्रमा हुने हत्या हिंसा, लागुऔषध कारोबार, तस्करी तथा दशगजामा रहेका जीर्ण तथा भत्केका सीमा स्तम्भहरुको पुनर्निर्माण गर्ने विषयमा छलफल भएको छ । बैठकमा सहभागि धनुषा...
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न...
काबुल । अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् ।अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ ।विस्फोटमा कम्तीमा ८ जनाको...
काठमाडौं । अभियान लघुवित्तको आइपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको । यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२...
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा रहेको जनाएको छ ।राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेअनुसार युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रीदर १३० रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ...










