Home Blog Page 809
बेइजिङ । कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् ।प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न...
काभ्रेपलाञ्चोक । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी मङ्सिर ४ गतेको प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ मतदान केन्द्र परिवर्तन गरिएको जनाएको छ ।कार्यालयका अनुसार खानीखोला गाउँपालिका–२ स्थित फलामेटारमा रहेको साविक गाविस भवन मतदान केन्द्र बालविकास माध्यमिक...
कोलम्बो । श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभाेक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने भएको छ । जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महशुल बढाउँनेछ । घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क ताेकेकाे हाे ।बोर्डले नाै वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो । सीइबीले आठ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि...
हेटौँडा । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो ।जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ । सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ । तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न...
काठमाडौं । दिया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सीताको भूमिकामा छिन् । उनले घरमुलीको भूमिका निर्वाह गरेकी हुन् । त्यसैले त टेलिभिजन शो ‘रोडिज’ मा मोडर्न देखिने दिया यसमा जुम्लाकी एक सामान्य महिलाको रूपमा प्रस्तुत छिन् ।थियटरमा काम गर्ने कलाकार भएकाले उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेकी छैनन् । जुम्लामा ४५ दिनको हाराहारीमा छायांकन भए...
भक्तपुर । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापा छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरले बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा उनलाई १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ...
काठमाडौं । कैलाली र धादिङमा दुई जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकास्थित सडक छेउमा गोदावरी नगरपालिका–५ बस्ने ५५ वर्षीय केशब बिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।धादिङको शिद्धलेक गाउँपालिका–४ कुईनेटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान...
बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुरा र बडीमालिका नगरपालिकाले बुधबार दिउँसो सदरमुकाम मार्तडीमा संयुक्त अनुगमन गरेको छ । अनुगमनका क्रममा सदरमुकाम मार्तडी रोहित क्लिनिक मेडिकल सहित ११ वटा खुद्रा तथा कपडाका पसल शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले एक सूचना जारी गर्दै जानकारी गराउनु भएको छ। मार्तडी बजारमा रहेको रोहित मेडिकलमा सम्बन्धित विषयमा अध्ययन गरेको स्वास्थ्यकर्मी...
रामेछाप । नागरिकताको दोहोरो सिफारिस गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका( ४ का वडा सचिव पदमकुमारी बस्नेतलाई रहेकी हुन्।बस्नेतलाई इलाकाप्रहरी चौकी उमाकुण्डले बुधबार पक्राउ गरेको रामेछापका प्रहरी प्रवक्ता राजु प्रसाद ढकालले जानकारी दिए । बस्नेतलाईप्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानगरिरहेको ढकालले बताए । वडा सचिव बस्नेतले २०७५ सालमै नेपालीनागरिकता बनाइसकेकि सोही स्थानकी निर्मला...