Home Blog Page 810
स्याङजा । वालिङ नगरपालिका-९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। वालिङ(१३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए।सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग१६प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।श्रेष्ठको शव...
काठमाडौं । साताको पाँचौं कारोबार दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ५ सयले घटेर ९६ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।यस्तै तेजावी सुन प्रतितोला ९६ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य...
तेह्रथुम । तेह्रथुम सदरमुकामलगायत बजारमा केही समयअघिसम्म म्याद गुज्रेका वस्तुहरू छ्यापछ्प्ती पाइने गरेको थियो । लामो समयसम्म बजार अनुगमन नहुनु ग्राहक र व्यवसायीलाई म्याद गुज्रेको वस्तुमा ध्यान नपुग्नुका कारण यस्तो हुँदै आएको हो ।तर, पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार नियमित अनुगमन हुन थालेपछि म्याद गुज्रेका वस्तुहरू न्यूनीकरण हुँदै गएको तेह्रथुम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम लिम्बूले बताए ।जिल्ला प्रशासन कार्यालय,...
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ ।
काठमाडौं । बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख, जेठ र असार)मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट...
काठमाडौं  । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा बिक्री खुला गरेको छ । गत बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर विद्यमान शेयरधनीका लागि लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री खुला गरेको हो ।बैंकका अनुसार उक्त संस्थापक शेयरमा इच्छुक सेयरधनीले ३१ भदौभित्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट,...
बैतडी । बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ ।‘योजनाको अधिकम लाभग्राही महिला नै हुन्छन् । खानेपानी, बाटो, बर्थिंग सेन्टर जे बनाए पनि...
भक्तपुर । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ ।मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहिवार र शुक्रबार दुई दिन लगातर हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात...
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादप पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने...
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट औपचारिकरुपमा सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रमका बीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाको गत असार २० गते सम्पन्न छैंटौं नगरसभाले पारित नीति तथा कार्यक्रम र बजेट चालु आर्थिक वर्षबाट कार्यान्वयनमा समेत आइसकेको छ । स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले...