Thursday, July 2, 2026
Home Blog Page 805
पोखरा । गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा आउने भएकी छिन्। तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन ।तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उदघाटन तथा निरिक्षण गर्नेछिन । सो अघि बिहान ११ बजे चिप्लेढुङ्गा स्थित...
भैरहवा ।  रुपन्देहीको ओमसतियामा अज्ञात समूहले युवालाई गाेली हानी फरार भएकाे छ ।आइतबार राति करिब ११ बजे ओमसतिया-४ बसन्तपुर वडा कार्यालय अगाडी सि.न.प १ बेलाहिया बस्ने ३१ वर्षीय बिकास गुरुङलाई उक्त  समूहले गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक प्रवक्ता वेदबहादुर पौडेलले बताए ।नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीनजनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि एक राउण्ड गोली हानेकाे स्थानीयले बताएका छन्प...
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए ।सर्वोच्चको वेबसाइटअनुसार यो उत्प्रेषणको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको...
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको...
काठमाडौं । क्रिस्टियानो रोनाल्डोको लागि अहिले खराब समय चलिरहेको छ । गत सिजन उनी इटालियन क्लब युभेन्ट्सबाट प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड पुगेका थिए ।तर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि उनले क्लब छोड्न चाहे । त्यसको कारण अन्य क्लबबाट च्याम्पियन्स लिग खेल्नु नै थियो । तर रोनाल्डो चाहेजस्तो कुनै क्लबबाट राम्रो अफर आएन, क्लबले पनि उनलाई छाड्न चाहेन...
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।सत्ता गठबन्धनको कार्यदल बैठक र अन्य केही गृहकार्यमा नेताहरु व्यस्त हुँदा बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ। स्रोतका अनुसार बैठक मंगलबार (भोलि) बिहान ८ बजे बस्ने छ ।स्थायी समिति बैठकले चुनावी कार्यक्रम तय गर्ने, नेताहरुको कार्यविभाजन गर्ने र पदाधिकारी चयन समेत गर्न सक्ने...
काठमाडौं । कालीमाटी फलफूल तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो सेतो मूलाको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ३३ पैसा रहेको जनाएको छ । समितिका अनुसार सबैभन्दा महङ्गो किवीको मूल्य प्रतिकेजी ६२५ रुपैयाँ छ ।त्यस्तै, प्रतिकेजी ५५० रुपैयाँ पुगेको कुरीलोको भाउ घटेर आज प्रतिकेजी ३८० रुपैयाँ पुगेको छ । अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११५...
काठमाडौं । अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी...
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक २००७।१९ विन्दुमा अडिएको छ । १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ...
काठमाडौं । सुर्खेत, सिरहा, दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापा रहेका छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो...