Thursday, July 2, 2026
Home Blog Page 804
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद बैठकमा सांसदहरु नबसेकोप्रति आक्रोश व्यक्त गरेका छन् । संघीय संसद सचिवालयमा सोमबार आयोजित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धी’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख सापकोटाले विधेयक पास गर्ने बेलामा सांसदहरुको अनुपस्थितिप्रति आक्रोश व्यक्त गरेका हुन् ।पछिल्लो समय विधेयक पास गर्ने क्रममा गणपूरक संख्या...
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ ।सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ त्रिपाठीले...
काठमाडौं । एकैदिन नेपालमा थप ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १५५ पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षण गर्दा ४६१ जना गरी कूल ८८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको निधन भएको छ भने...
काभ्रे । पतञ्जलि योग समिति काभ्रेपलाञ्चोकको आयोजना तथा आर्युवेद पञ्चकर्म हेल्थ होम बनेपाको संयोजनमा बनेपाको योग भवनमा १५ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजको ५० औ शुभजन्मोत्सव तथा जडीबुटी दिवसको अवसर पारी नगरपालिका प्रमुख शान्तिरत्न शाक्य द्धरा शिविरको उद्घाटन गरिएको हो ।‘१५ दिनको शिविरमा सबै रोगको परामर्शका साथै मधुमेह भएका बिरामीहरूलाई निःशुल्क...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरिसकेको छ ।कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईसँगको सल्लाहपछि राई र डंगोललाई नियुक्त गरिएको हो । सहायक प्रशिक्षक राई नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीका...
बारा । बारामा दुईजना दाजुभाइ मिलेर आफ्नी बहिनीसँग प्रेम सम्बन्ध गास्ने युवकको हत्या गरेका छन् । प्रहरीका अनुसार बहिनीसँग प्रेम सम्बन्धमा रहेको भन्दै दुई दाजुभाइले बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर–५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेका हुन् ।हत्या गर्ने दुबै सोही गाउँपालिका वडा नम्बर–५ इटियाही टोलकै २८ वर्षीय उत्तम पटेल र निजकै दाजु ३० वर्षीय प्रितम पटेल...
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ ।कम्पनीको आम्दानीमा वृद्धि भएपनि खर्चमा भने वृद्धि भएको छैन, जसले नाफामा वृद्धि देखिएको...
ताइपेय । चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो ।एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा पनि चीनले यस्तै अभ्यास गरेको थियो । म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई इङ वेनसँग...
नयाँ दिल्ली । भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले  प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्नेछन् ।प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्नेछन् । उनलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा अजय कुमारले स्वागत गर्नेछन्। सो अवसरमा...
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहिान आईपीओ बाँडफाँट गरेको हो ।लघुवित्तले १८ साउनदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण निष्कासन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार...