युनाइटेडमा संघर्ष गर्दै रोनाल्डो

32

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको लागि अहिले खराब समय चलिरहेको छ । गत सिजन उनी इटालियन क्लब युभेन्ट्सबाट प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड पुगेका थिए ।

तर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि उनले क्लब छोड्न चाहे । त्यसको कारण अन्य क्लबबाट च्याम्पियन्स लिग खेल्नु नै थियो । तर रोनाल्डो चाहेजस्तो कुनै क्लबबाट राम्रो अफर आएन, क्लबले पनि उनलाई छाड्न चाहेन । सिजनको सुरुवाती दुई खेलमा पनि रोनाल्डोको प्रदर्शन केही राम्रो रहेन । ब्राइटन विरुद्धको पहिलो खेलमा उनी बेञ्चमा थिए । दोस्रो हाफमा मैदान प्रवेश गरे पनि गोल गर्न सकेनन् युनाइटेड २-१ ले पराजित भयो ।

दोस्रो खेलमा रोनाल्डोले पहिलो रोजाईँमा त खेले तर नतिजा झन् खराब आयो । युनाइटेड ब्रेन्टफोर्डसँग ४-० ले पराजित भयो । यो दुई खेलको नतिजापछि रोनाल्डोमाथि पनि प्रश्न उठ्न थालेको छ । उनको विषयमा यतिसम्म खबर फैलियो कि अब युनाइटेडले नै उनको सम्झौता खारेज गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमा आएका समाचार अनुसार रोनाल्डोले क्लबमा आफ्नो बेहोरा  सुधार नगरे उनको सम्झौता रद्द गर्न तयार भएको छ । क्लबमा रोनाल्डो बानी बेहोरा र स्वभाव पनि राम्रो छैन ।

प्रिसिजनको अन्तिम खेलमा रायोभालेकानो विरुद्ध उनी हाफ टाइमपछि नै मैदान छाडेर निस्केका थिए । प्रिमियर लिगको खेलपछि पनि उनले दर्शकप्रति कुनै प्रतिक्रिया दिएनन् । अनी प्रशिक्षक एरिक टेन हागसँग हात पनि मिलाएनन् । यसअघि रोनाल्डोले युभेन्ट्समा रहँदा अन्तिम सिजनमा पनि यस्तै स्वभाव देखाएका थिए । स्काइ स्पोर्ट्सको रिपोर्टका अनुसार क्लबले उनलाई आफ्नो बानी सुधार गर्न भनेको छ । यदी त्यस्तो नभए उनको सम्झौता रद्द गर्ने समेत बताइएको छ । उनको सम्झौता यस सिजनको अन्त्यसम्म छ । बेलायतकै अन्य मिडियाका अनुसार ड्रेसिङ रुममा सुपरस्टार रोनाल्डोको व्यवहारका कारण दिक्क भएका छन् । एकतर्फि रुपमा सम्झौता गरेमा रोनाल्डोलाई भारी रकम तिर्नुपर्नेछ । यस्तो अवस्थामान क्लबको चाहना पारस्परिक सहमतिमै सम्झौता रद्द गर्नु हुनेछ । जसले गर्दा उनले नि:शुल्क अर्को क्लबमा ट्रान्सफर हुन अनुमति पाउनेछन् ।