गायिका स्मिता घिमिरेको निधन

74

काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ । तीन वर्षदेखि क्यान्सरबाट पीडित घिमिरेको सोमबार राति ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएसँगै उनी थप समस्यासँग जुध्दै अगाडी बढेकी थिइन् ।

केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास हराएको मुस्कानु समेत उनले सार्वजनिक गरेकी थिइन् ।