मुम्बई । अभिनेत्री ज्याकलिन फर्नान्डिज केही समययता विवादमा तानिएकी छन् । खासगरी सुकेश चन्द्रशेखरको मनी लन्ड्रिङमा अभिनेत्रीको नाम जोडिएपछि उनीविरुद्ध प्रवर्तन निर्देशनालय(इडी) ले उनलाई आरोपी बनाउँदै चार्जसिट दर्ता गर्ने अन्तिम तयारीमा छ । यही मेसोमा ज्याकलिनलाई बलिउडले नै बहिस्कार गर्ने आन्तरिक तयारी सुरु गरेको छ ।ज्याकलिनसँग काम गरिसकेका निर्माताहरू अहिले उनीबाट विस्तारै टाढिँदै गएका छन् । ‘इडीले उनलाई आरोपी...
काठमाडौं । नयाँ नेपाल न्यूजले स्थानीय सरकारको बारेमा जानकारी दिने उद्देश्यले पालिकाको परिचय अभियान सुरु गरेको छ । जसमा आज हामीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको बारेमा जानकारी लिएर आएका छौं । यस नगरपालिकोको मेयरमा शान्ति रत्न शाक्य र उपमेयरमा बिमला सापकोटा दाहाल हुनुहुन्छ । बनेपाको भौगोलिक परिवेशपूर्वमा 'रक्तचन्दन' भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा...
काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३० बजेबाट अवरुद्ध हुने भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको छ। सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा बन्द हुने जनाइएको छ।
काठमाडौं । प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका हुन् ।लामो समय संसदमा अनुपस्थित रहने १५ जना सांसद छन् । जसमध्ये छोरीको ग्राजुएसनमा सहभागी हुन भन्दै भीमसेना दास प्रधान गत...
ओखलढुंगा । ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ ।दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्का गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप...
काठमाडौं । दार्चुला र सुनसरीमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा बुधबार से.१ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ कफलसेरी गाउँपालिका–६ बस्ने ५५ वर्षीया चन्का देवी बोहरा सहित छन् । मृत्यु हुनेहरूमा ४ जना पुरुष र एक जना महिला रहेका छन् । दुर्घटनामा घाइते भएका...
काठमाडौं । चितवन, नवलपरासी (पूर्व), झापा र ताप्लेजुङमा चार जना मृत अवस्थामा फेला परेका छन् ।चितवनको भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ मजुवास्थित खकरा खोलाको दहमा हाल पहिचान नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।झापाको कन्काई नगरपालिका–५ तारघेरास्थित सडकमा...
महोत्तरी । निजी तथा आवासिय विद्यालयको छाता संगठन एनप्यावसनले माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु खड्काको अभिव्यक्तिलाई लिएर आपत्ती जनाएको छ । करारका सिक्षकहरूलाई हटाएको विषयमा निजी विद्यालयलाई जोडेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै एनप्यावसनले विज्ञप्तीमार्फत प्रतिवाद गरेको हो ।'करारका शिक्षक हटाउन व्यापारिक लाभ लिने उदेश्यले निजी विद्यालय समेत लागि परेको भन्ने अभिव्यक्तिप्रति हाम्रो ध्यानकर्षण भएको छ ।´ एनप्याबसन बर्दिबासका संयोजक सरोज प्रधानले भनेका...
भक्तपुर । भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन्।उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका-८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ।थापाले ती महिलालाई गत साउन २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनी फरार रहेका थिए।जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका-४ नयाँठिमीबाट उनलाई पक्राउ गरेको हो।
काठमाडौं । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान...










