Sunday, September 27, 2026
Home स्थानीय सरकार पालिका परिचयः बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक

पालिका परिचयः बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक

258

काठमाडौं । नयाँ नेपाल न्यूजले स्थानीय सरकारको बारेमा जानकारी दिने उद्देश्यले पालिकाको परिचय अभियान सुरु गरेको छ । जसमा आज हामीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको बारेमा जानकारी लिएर आएका छौं । यस नगरपालिकोको मेयरमा शान्ति रत्न शाक्य र उपमेयरमा बिमला सापकोटा दाहाल हुनुहुन्छ ।

 बनेपाको भौगोलिक परिवेश

पूर्वमा ‘रक्तचन्दन’ भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २५ कि. मि. पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ डिग्री अक्षांश र ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा ऐतिहासिक र धार्मिक क्षेत्र हो । पुरानो बनेपा नगर क्षेत्र पूर्वमा चण्डेश्वरीखोला, पश्चिमबाट दक्षिण हुदै पूर्वतिर बगिरहेको पुण्यमाताखोला अनि पहाड र पर्वत र स-साना गाउहरूले घेरिएको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा अवस्थित बनेपा काभ्रेपलाञ्चोक जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो । ‘बने’ ले व्यापार र ‘पा’ ले बस्ती भन्ने बुझाउछ । त्यसैले बनेपा व्यापारीहरूको थलो हो ।

बनेपा शब्दको व्युत्पति र यसको इतिहास

बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि ‘बनेपा’ हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई ‘भुज’ पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा ‘चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत’ उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । ‘ङ ग्राम’ भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई ‘बनिंयप्य’ उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई ‘विनयापुरी’ उल्लेख गरिएको छ ।

हाल कायम भएको बनेपा नगरपालिका

जम्मा १४ वटा वडाहरू मिलेर बनेको बनेपा नगरपालिकाको क्षेत्रफल ५४.५९ बर्ग कि.मी. रहेको छ । क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा सानो नगरपालिका हो भने जनसंख्याको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा धेरै जनसंख्या भएको नगरपालिका हो । राष्ट्रिय जनगणना तथा घरधुरी सर्वेक्षण बि.सं. २०७८ को प्रारम्भिक नतिजा अनुसार बनेपा नगरपालिकाको जनगणना घर संख्या १२५४५, परिवार संख्या १६९७३, पुरूष ३३१८० र महिला ३४४४९ गरि जम्मा ६७६२९ रहेको छ । बि.सं. २०६८ को जनगणना तथा घरधुरी सर्वेक्षण अनुसार जम्मा घरधुरी संख्या १२१०६ भएको यस नगरपालिकामा पुरूष २७३०५ र महिला २८३२३ गरि जम्मा ५५६२८ जनसंख्या रहेको छ ।

कार्यपालिका सदस्य विवरण
क्र.सं.पदनाम थर
१प्रमुखश्री शान्ति रत्न शाक्य
२उप प्रमुखश्री बिमला सापकोटा (दाहाल)
३सदस्य (वडा नं. १)श्री कमल प्रसाद घिमिरे
४सदस्य (वडा नं. २)श्री राम प्रसाद घिमिरे
५सदस्य (वडा नं. ३)श्री रमेश दाहाल
६सदस्य (वडा नं. ४)श्री श्यामसुन्दर श्रेष्ठ
७सदस्य (वडा नं. ५)श्री बलराम अधिकारी
८सदस्य (वडा नं. ६)श्री सचितानन्द के.सी.
९सदस्य (वडा नं. ७)श्री हिटलर शाक्य
१०सदस्य (वडा नं. ८)श्री शुभलक्ष्मी मानन्धर
११सदस्य (वडा नं. ९)श्री नृपेश वादे
१२सदस्य (वडा नं. १०)श्री चन्द्र बहादुर खड्का
१३सदस्य (वडा नं. ११)श्री शिब कुमार थापा
१४सदस्य (वडा नं. १२)श्री राम बहादुर कुँवर
१५सदस्य (वडा नं. १३)श्री रामलाल दुवाल
१६सदस्य (वडा नं. १४)श्री टुल्कु लामा
१७महिला सदस्यश्री शुमद्रा बजगाईं
१८महिला सदस्यश्री समिता थापा
१९महिला सदस्यश्री ज्योती वोगटी
२०महिला सदस्यश्री सरीता कुमारी श्रेष्ठ
२१महिला सदस्यश्री द्रौपदा खत्री क्षेत्री
२२दलित वा अल्पसंख्यक सदस्यश्री बिक्रम भुजेल
२३दलित वा अल्पसंख्यक सदस्यश्री कमला परियार
२४दलित वा अल्पसंख्यक सदस्यश्री रबिन्द्र सुनार
२५सदस्य सचिवश्री प्रकाश आचार्य