काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक बढेको छ ।अघिल्लो कारोबार दिन अर्थात् बुधबार ०.३६ अंक घटेर २०४०.७० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.०१ अंक बढेर २०४१.७१ विन्दुमा पुगेको छ ।बिहीबार प्रि-ओपन सेसनमा १४ स्टकको ७ लाख ३१ हजार ६५ रुपैयाँ ८० पैसा बराबरको एक हजार १४६ कित्ता शेयर खरिदबिक्री भएको...
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नाे पार्टी बिग्रेको बताएका छन्। शहीद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बाेल्दै उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुँदै गएका कारण चरित्रमा नराम्रोसँग स्खलन आएको बताएका हुन्।उनले पार्टी धेरै बिग्रेका कारण क्रान्तिकारी नभएकाे समेत बताए।कुनै समय पार्टी सानाे भएपनि निष्ठा भएकाे तर अहिले...
काठमाडौं । प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घन्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ ।त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक निर्णयार्थ पेस हुने कार्यसूची पनि छ ।बिहीबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति...
काठमाडाैं । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडाैमा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकाे छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।आजकाे प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै संघीय संसदमा फिर्ता पठाएको नागरिकता विधेयकमा दलहरूबीच सहमति जुटेन । बिहीबार बिहान सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था समिति बैठक विना निष्कर्ष टुंगिएको छ ।कार्यव्यवस्थाको बैठकमा सत्तारुढ दलका सांसदले विधेयक हुबहु तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुपर्ने धारणा राखेका थिए । तर प्रमुख प्रतिपक्ष एमालेलगायतका दलका सांसदले भने...
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ ।बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँ तोकिएको छ । ...
खोटाङ । बौद्धिक समूह नेपाल (आइसिएन) काठमाडौंले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने दुई विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएको छ ।बौद्धिक समूह नेपालले २०७८ सालमा च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाएपछि जीवना धरानको...
काठमाडौं । हिमपर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।सम्झौतामा हिमपर्वत हाइड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआई एल क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका हुन् ।सम्झौता अनुसार सिबिआई एल क्यापिटल लिमिटेडले...
काठमाडौं । प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ ।लगानीकर्ताले १४० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरुले १७ भदौसम्म आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले...
काठमाडौं । एनआरएनए स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराते च्याम्पियनसिप आयोजना हुने भएको छ ।आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जानकारी गराएको छ । सातदोबाटोस्थित कराते हलमा आयोजना हुने दुई दिने प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजी माथिको...









