Wednesday, October 14, 2026
Home अपराध भक्तपुरमा २५ वर्षीया महिला बलात्कृत

भक्तपुरमा २५ वर्षीया महिला बलात्कृत

81
सांकेतिक तस्विर

भक्तपुर । भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन्।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका-८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ।

थापाले ती महिलालाई गत साउन २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनी फरार रहेका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका-४ नयाँठिमीबाट उनलाई पक्राउ गरेको हो।