Thursday, July 2, 2026
Home Blog Page 793
तनहुँ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पाल्पा निस्ती गाउँपालिका– ५ घर भई हाल शुक्लागण्डकी–२ कोत्रेस्थित बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदि ब्याम्बोको मृत्यु भएको  हो ।बिहीबार बेलुकी गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका...
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ ।सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ । जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।सभाले...
काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार...
काठमाडौं ।  जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ । यससँगै तीन खेलको शृंखलामा १-० ले अघि रह्यो ।  १९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो ।भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाए ।  यसअघि टस हारेर पहिला  ब्याटिङ गरेको जिम्बाबेले ४० ओभर ३...
काठमाडौं । भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ । टोली आज त्यसतर्फ जानेछ ।नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट रहेका छन् । प्रशिक्षकमा...
काठमाडौं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी  । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आज श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ । कृष्णलीला कथा प्रवचन हुने गरेको छ ।आजको...
काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहर केही दिनमा उठाइसकिने बताएका छन् ।सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र आज मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर शाहले जानकारी दिए । शाहले आफूहरुसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेकाले समस्या रहेको बताएका छन् ।'यहि अवस्था कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ । हामीसँग सीमित मात्रामा...
काठमाडौं । बिहान गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ ।दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी हुनसक्ने देखिएको छ ।शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको समेत सम्भावना रहेको छ । आइतबार देशका केही...
काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिएका छन् ।पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए । विवेकशीलसँग पुनः एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो ।  पाठक २०७४...
काठमाडौं । नेपाल प्रेस युनियनले युनियन अध्यक्ष शिव लम्सालको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरिएको जनाएको छ ।युनियन महासचिव दिलीप पौडेलले बिहीबार विज्ञप्ति निकालेर गत ३१ असारको साँझ ट्राफिक प्रहरीले अध्यक्ष लम्सालमाथि गरेको दुर्व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष लम्सालको  नियोजित रुपमा मानमर्दन गर्ने गरी वास्तबिक घटनालाई अतिरन्जित गरेर भ्रम सृजना गर्न खोजिएको भन्दै...