Friday, September 18, 2026
Home समाचार वडाअध्यक्षसहितकाे टाेली लार्भा मार्ने अभियानमा

वडाअध्यक्षसहितकाे टाेली लार्भा मार्ने अभियानमा

85

नेपालगञ्ज । नेपालगञ्जमा डेंगुका विरामी देखा परेपछि लार्भा मार्ने अभियान सुरु गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा चार जनामा डेंगु देखिएको छ। गणेशपुरमा कतै नगएका व्यक्तिलाई डेंगु देखिएपछि बसपार्क क्षेत्रबाट लार्भा मार्ने अभियान थालिएको हो।

नेपालगञ्ज उपमहानगरपालिका -४ स्वास्थ्य कार्यालयको टोलीले डेंगु सार्ने एडिस जातको लामखुट्टे बस्ने टीनका डब्बा, प्लाष्टिकका बोत्तल, टायर, सिसी, ड्रममा जमेको पानी फाल्न सुरु गरेको छ। लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान थालिएको हो।

बाँकेमा ११ जनामा डेंगु देखिएको छ। नेपालगञ्जका चार जना, कोहलपुरका दुई जना र बैजनाथ गाउँपालिकाका एक जना रहेका छन्। यहाँ विरामी पुष्टि भएपनि चार जना बर्दिया जिल्लाका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्द, फोकलपर्सन तेज वली, वडा नं. ४ का अध्यक्ष गोपाल पुनलगायत लार्भा मार्ने अभियानमा निस्केका छन्।