Tuesday, June 30, 2026
Home Blog Page 764
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेको छ।सोमबार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ४४४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४...
काठमाडौं । साताको दोस्रो काराेबार दिन सोमबार सेयर कारोबार ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ । आइतबार १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो । साेमबार नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ अंकमा कायम भएको छ ।कुल ६१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १० को स्थिर छ । साेमबार बैंकिङ १.३, विकास बैंक १०.८, फाइनान्स...
काठमाडौं । तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको चुनौती दिएको छ । नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो ।अबको केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । यसअघिका दुई खेल नेपालले जितिसकेको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको...
काठमाडौँ । चीनमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । दक्षिणप्रश्चिम चीनको सिचुवान प्रान्तस्थित लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ । स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प...
चौतारा । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १२ मा रहेको तरकारी संकलन केन्द्र निर्माण भएको सात वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन ।युएसएआइडीको सहयोग र टुकी सङ्घ सुनकोसीको सहकार्यमा सञ्चालन भएको सबल कार्यक्रम र सप्रोस नेपालको ३२ लाखको संयुक्त लगानीमा बनेको तरकारी तथा चिस्यान केन्द्र प्रयोगविहीन बनेको छ । तरकारी उत्पादन गर्ने किसानले फलाएको उत्पादनलाई संकलन गर्ने र...
बेइजिङ । पश्चिम चीनको मेगासिटी चोङकिङमा विश्वको सबैभन्दा धेरै घुमाउरो भवन ‘ट्विस्टेड टावर’को अनावरण गरिएको छ । डान्स अफ लाइट नाम दिइएको १८० मिटर अग्लो गगनचुम्बी भवनलाई वास्तुकला फर्म एडासले डिजाइन गरेको हो ।यो अनौठो भवनको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । डिजाइन म्यागजिन डेजीनको रिपोटअनुसार चोङकिङको जियाङ्बेई जिल्लाको जिङफु प्लाजामा अवस्थित टावरमा दुईवटा दोहोरो घुमाउरा...
गोलबजार । सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् । विद्यालयमा सेनेटरी प्याड वितरण गर्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई र सूचना अधिकारी तोक्न निर्देशन दिएको...
बुटवल । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। दुई जना भारतीय नागरिकलाई लागू औषध मुद्दामा फसाएको आरोप लागेका बैजुलाई जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको हो।लागुऔषध मुद्दामा गुप्तालाई पक्राउ गर्न प्रहरीले अनुमति मागेकाले अदालतबाट अनुमति दिएको जिल्ला अदालत नवलपरासीका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए।असार २२ गते नवलपरासीको रामग्राम नगरपालिका १७ पिपरहियाबाट प्रहरीले भारत...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो ।वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको...
सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जुम्लामा जम्त्बो उम्मेदवारहको नाम सिफारिस गरिएको छ । कालिकोटमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी ५० जनाको नाम सिफारिस गरिएको छ । कालिकोटमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको सिट रहेको छ ।त्यस्तै, जुम्लामा ५३ जनाको नाम सिफारिस गरिएको छ । जुम्लामा पनि एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । सबैभन्दा बढी जनसंख्या रहेको...