Friday, September 18, 2026
Home अर्थ सांग्रिला बैंककाे संस्थापक सेयर बिक्रीमा

सांग्रिला बैंककाे संस्थापक सेयर बिक्रीमा

59

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका १ जना संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन्। बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन्।

यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ। यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन २० भदौ सोमबारबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौँमा आवेदन दिनुपर्नेछ। उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।