Monday, June 29, 2026
Home Blog Page 755
मनाङ । हिमाली जिल्ला मनाङका चौँरीमा भ्यागुते रोग लागेको पुष्टि भएकाले उपचार थालिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ नं वडाका चौरीखर्कमा रहेका चौँरीमा देखिएको यो रोगको उपचार गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।पशुचौपाय बिरामी परेको थाहा पाउनासाथ चौँरीखर्कमा पुगेर प्राविधिक टोलीले स्थलगतरूपमै उपचार गर्नाका साथै थप नमूना संकलन गरी परीक्षणका लागि...
काठमाडौँ । सर्लाही, मोरङ, सोलुखुम्बु र काठमाडौँमा चार जना मृत अवस्थामा फेला परेका छन् ।सर्लाहीको बरहथवा नगरपालिका-७ टाडीस्थित सोती खोलाको नहरमा धनकौल गाउँपालका-७ छोटल बैरिया बस्ने १५ वर्षीय शिवजी यादव बुधबार मृत अवस्थामा फेला परेका छन् । उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । मोरङको रंगेली नगरपालिका-१ जमुवाडिपो...
दाङ । बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ। केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरूले बुधबार दिउँसो ३ बजेतिर विश्व विद्यालयमा ताला लगाएका हुन्।नेपाल सरकारको हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्दी नखुलेसम्म आयुर्वेद्का विद्यार्थीका तर्फबाट विश्व विद्यालयमा ताला बन्दी गरिने विद्यार्थी अभय प्रताप चौबेले जानकारी दिए।त्यस्तै उनका अनुसार विद्यार्थीहरुले यसअघि पनि विभिन्न माग राख्दै विश्व विद्यालयमा २१ बुँदे माग...
झापा । झापामा एक जना ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ ।भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको...
माेरङ । संघीयता बलियो बनाउन १६ बुँदे घोषणापत्र जारी गर्दै प्रदेशका सभामुख तथा उपसभामुखहरूको दुई दिने भेला सम्पन्न भएको छ।धनकुटाको हिलेमा सम्पन्न सात प्रदेशका सभामुख, उपसभामुख तथा सचिवहरूको भेलाले कार्यकालको अन्तिम तथा पाँचौ भेलाले कार्यगत समीक्षा गर्दै संघीयता बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा जोड दिएको छ।भदौ २१ र २२ गते आयोजित भेलाले जारी गरेको घोषणापत्रमा प्रदेश सरकारको आयस्रोत बढाउनुपर्ने,...
काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो ।महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ । महानगरको शहरी व्यवस्थापन विभागले...
काठमाडौं । हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।जसअनुुसार बुधबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो भने बिहीबार वसन्तपुरमै ५४ जना कुमारीको पूजा गरिएको हो । यस वर्ष इन्द्रजात्राको अन्तिम दिन शुक्रबार परेको छ । यसदिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै...
काठमाडौं । सत्तारुढ पाँचदलीय कार्यदल प्रतिनिधिसभाको सिट बाँडफाँटमा सहमति नजिक पुगेका छन् । कार्यदलका सदस्यहरुका अनुसार भोलि विहान ९ बजे बसेर प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने तयारी छ ।नेपाली कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थियो । सिट संख्या टुंग्याएर क्षेत्रगत छलफल गर्ने योजना थियो...
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारबाहीमा परेका छन् ।काठमाडौं उपत्यकामा गत साउन ३० गतेबाट सुरु भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारबाही गरिएको हो । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज बिहान मात्र ३९ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले...
कास्की । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ ।२०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो ।ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर, सटर...