१२ सय ४१ जना विद्यार्थी चालकमाथि कारबाही

29

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यकामा गत साउन ३० गतेबाट सुरु भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारबाही गरिएको हो । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज बिहान मात्र ३९ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १७ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १० जना, तीव्र गतिमा  जिगज्याग चलाउने ८ जना, नम्बर प्लेट दुरुस्त नभएका २ जना र तीन जना सवार २ जना गरी ३९ जना विद्यार्थी चालकलाई कारबाही गरिएको हो ।