Friday, September 18, 2026
Home राजनीति १६ बुँदै घाेषणापत्र जारी

१६ बुँदै घाेषणापत्र जारी

42

माेरङ । संघीयता बलियो बनाउन १६ बुँदे घोषणापत्र जारी गर्दै प्रदेशका सभामुख तथा उपसभामुखहरूको दुई दिने भेला सम्पन्न भएको छ।

धनकुटाको हिलेमा सम्पन्न सात प्रदेशका सभामुख, उपसभामुख तथा सचिवहरूको भेलाले कार्यकालको अन्तिम तथा पाँचौ भेलाले कार्यगत समीक्षा गर्दै संघीयता बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा जोड दिएको छ।

भदौ २१ र २२ गते आयोजित भेलाले जारी गरेको घोषणापत्रमा प्रदेश सरकारको आयस्रोत बढाउनुपर्ने, प्रदेश निजामती ऐन र प्रदेश प्रहरी ऐन कार्यान्वयनमा ल्याउनुपर्नेमा विशेष जोड दिएको छ।

भेलाले जग्गा प्राप्ति र प्रदेशसभा भवन र राजधानीको संरचना निर्माण गर्न प्राथमिकता दिनुपर्ने, प्रदेश सभालाई कसैको अधिनमा राख्न नहुने र संविधानअनुसार प्रशासनिक अधिकारको बाँडफाँड सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

प्रदेश नम्बर १ प्रदेश सभाद्वारा आयोजित सो भेलामा वरिष्ठ संविधानविज्ञ काशीराज दाहालले संघीयता प्रवर्द्धनमा प्रदेश सभाले खेलेको भूमिका र आइपरेका समस्या र चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए।