काठमाडौँ । ललिलपुरको जावलाखेलस्थित लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कर्जा नतिर्ने ग्राहकका लागि २१ दिने अल्टिमेटमसहितको सूचना जारी गरेको छ। सहकारीले शुक्रबार जारी गरेर अल्टिमेटम दिइएको कर्जा नर्तिने ग्राहकको सूचीमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी सृष्टि राणा रावल छिन् । उनी पूर्व गभर्नर तिलक रावलकी बुहारी हुन् ।
तोकिएको समयमा लिएको कर्जाको साँवा, ब्याज तथा अन्य दस्तुरसमेत चुक्ता नगरे...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छन्। नेपालस्थित बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले शुक्रबार महारानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी हुन्।७० वर्ष गद्धीमा रहेकी महारानी एलिजाबेथको बिहीबार अपराहन्न ९६ वर्षको उमेरमा निधन भएको थियो। राष्ट्रपति भण्डारीले शुक्रबार दूतावास पुगेर महारानीमा श्रद्धाञ्जली अर्पण गरेकी हुन्। ‘महारानी एलिजाबेथ द्वितीयको निधनको खबरले म अत्यन्त दुःखी...
सिरहा ।सिरहामा प्रहरीले लागूऔषध र विभिन्न हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट कल्याणपुर-२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई पक्राउ गरेको हो ।
विशेष सुराकको आधारमा प्रहरीले साइकलमा आइरहेका मन्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्याबलेट, ३ पिस एम्पुल, तरबार,...
काठमाडौं । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् ।७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए ।उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् । बिहीबार एलिजाबेथको स्वास्थ्यकाबारेमा...
चरीकोट । दोलखाको कालीञ्चोक गाउँपालिका-९ सुन्द्रावतीस्थित फेदीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ । घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।मृतक पकुवालको शरीरमा भने कुनै चोटपटक देखिएको...
धनुषा । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् ।उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो । निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण गराउने आदेश दिएको थियो...
काठमाडौं । बिहीबार बितेकी बेलायती महारानी एलिजाबेथ द्वितीयले दुईपल्ट नेपाल भ्रमण गरेकी थिइन् । राजा महेन्द्रका पालामा पहिलोपटक, अनि वीरेन्द्र छँदा दोस्रोपटक ।तिनै एलिजाबेथले वीरेन्द्र राजा हुँदाका बखत नेपालको तत्कालीन राजपरिवारलाई उपहार दिएको बग्गी हाल नारायणहिटी दरबारमा हेर्न पाइन्छ । सुनाैलो रंगको उक्त बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई दिएकी थिइन् ।राजाको राज्याभिषेकमा प्रयोग गरिएको...
पोखरा । सत्तारुढ नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण हुने बताए । तर, यदी प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ ।दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि आफूसमक्ष आएको नागरिकता ऐन संशोधन...
काठमाडौं । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि स्नातकको चौथो सेमेष्टरको परीक्षामा पुरानो पाठ्यक्रमको प्रश्न सोधेको पाइएको छ । बुधबार भएको कमर्सियल क्रम (नगदे बाली) को परीक्षामा सोधिएको प्रश्नपत्र पुरानो पाठ्यक्रम अनुसार छ ।कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले कृषि स्नातकको पाठ्यक्रम २०७६ सालमा परिवर्तन गरेको थियो । २०७६ सालदेखि नै नयाँ पाठ्यक्रममा आधारित भएर अध्ययन अध्यापन...
धनगढी । पाँच दिनअघि धनगढीबाट हराएकी एक बालिकाकाे शव मोहना नदीमा फेला परेको छ।साेमबार कैलालीको धनगढीबाट बेपत्ता भएकी आस्था शर्माको शव आज बिहान माेहाेना नदी किनारमा फेला परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जाेशीले बताए।सोमबारबाट बेपत्ता रहेकी धनगढी उपमहानगरपालिका-१३ की १५ वर्षीया शर्मा शुक्रबार बिहान मोहना नदीमा मृत भेटिएकी हुन्। सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी...










